IME Life New

विदेश पलायनकाे डरलाग्दाे अवस्था, देशभित्र भविष्य नदेखेपछि परदेशिन बाध्य यूवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । आर्थिक मन्दीकाे चपेटामा जेलि‌ंदै जाँदा भविष्य प्रति आशावादी हुन नसकेकाे यूवा पुस्ता विदेश पलायन हुनका लागी खुट्टा उचालेर बसेकाे छ। अधिकांश यूवाहरू पासपाेर्ट तयारी पारेर विदेशीनका लागी आवश्यक तयारीमा देखिएका छन् ।

सरकारले आर्थिक मन्दीबाट देशलाई उकास्न सार्थक प्रयास गर्न सकेकाे छैन । राजनीतिक अस्थिरता बीच अनियन्त्रित महँगीले सर्वसाधारणलाई सामान्य जीवन यापन गर्न समेत सकसमा पारेकाे छ। घरजग्गा काराेबार मन्द हुँदा काराेबारीसँगै सर्वसाधारण समेतले हातमा नगद खेलाउन पाएका छैनन् ।

Esewa
Crest

व्यापारमा आएकाे मन्दीले काराेबारकाे आकार खुम्चि‌ंदा उद्याेगी र व्यापारीले नगद प्रवाह व्यवस्थापन गर्न हम्मे हम्मे पर्न थालेकाे छ। ऋण भारकाे तुलनामा काराेबार नहुँदा ब्याज भार व्यवस्थापन गर्न नसक्दा नैराश्यता व्याप्त भएकाे छ।

बैंक तथा बीमा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिकाे एउटा उल्लेख्य हिस्सा दशैंतिहार पछि पलायन हुने मनस्थितिमा छ। उनीहरू दशैं पेश्कीवापतकाे रकम हात परेपछि विदेश जान तम्तयार देखिन्छन् ।

अध्यागमन विभागमा राहदानीका लागी लाग्ने यूवाहरूकाे लाम, वैदेशिक राेजगार विभागबाट जारी श्रम स्वीकृती र शिक्षा विभागले दिएकाे नाे अब्जेक्शन लेटरकाे तथ्या‌ंकले डरलाग्दाे अवस्था देखिएकाे छ। सरकारी तथ्या‌ंक अनुसार वैदेशिक राेजगारी र उच्च शिक्षा अध्ययनका लागि गत वर्ष नौ लाख यूवा विदेश पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा राेजगारीकाे शिलशिलामा सात लाख ७५ हजार यूवा विदेशिएका छन् । थप एक लाख १० हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिएकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ।

उच्च शिक्षाकाे बहानामा विदेशीनेहरूमा पछिल्लाे समयमा उच्च मावि तहकाे अध्ययन पुरा गरेका वा अध्ययन गरि रहेका तन्नेरीहरूकाे पनि संख्या उल्लेख्य देखिन थालेकाे छ। कन्सल्टेन्सी सञ्चालकहरूका अनुसार १९ देखि ३० वर्ष उमेर समूहका यूवाहरू उच्च शिक्षाका लागी परामर्श लिन आउने क्रम ६ महिनायता ह्वात्तै बढेकाे छ। मन्दीका कारण अन्य व्यवसाय ओरालाे लागेकाे भएपनि वैदेशिक उच्च शिक्षा परामर्शकाे व्यवसाय चाहिँ खुब चम्किएकाे छ।

विदेश पलायनकाे क्रम डरलाग्दाे गरी बढ्दा देशकाे भविष्य धान्ने पुस्ताकाे अनुपस्थितिमा अर्थतन्त्रकाे विकास अन्याैलमा पर्ने चिन्ता छाएकाे छ। राजनीतिज्ञले यूवा पुस्तामा भविष्य प्रति आशा देखाउनै सकेका छैनन् । अभिभावकहरू पनि अन्याैलताकाे माहाैलमा भविष्य नदेखेपछि बुढेशकालकाे सहारा मानिएका छाेराछाेरीलाई आफै‌ंले विदेशिन प्राेत्साहन दिइ रहेका छन् ।

श्रम गर्ने जनशक्ति गाउँ घरमा नहुँदा खेती याेग्य जग्गा वर्षभर बाँझाे नै रहने क्रम पनि बढ्दै गएकाे छ। कृषीका लागी आवश्यक पर्ने मल खाद्य प्राविधिक परामर्श र उपकरणकाे अभावका कारण पनि खेती गर्न छाेडिएकाे जग्गा झन् झन् फै‍लदैं गएकाे छ। राष्ट्रिय कृषि गणना २०७८ का अनुसार त्यस वर्ष ६० हजार ५४२ हेक्टर जग्गा बाँझो अवस्थामा रहेकाे थियाे। कृषि गणना, २०६८ काे तुलनामा याे दाेब्बर हाे । त्यस बेला कूल ३१ हजार ४४ हेक्टर जग्गा अस्थायी बाँझो रहेकाे थियाे । वैदेशिक राेजगारबाट प्राप्त हुने पैसाले दूरदराजका मानिसकाे समेत जीवनशैलीमा परिवर्तन आएकाले कृषी कर्ममा दुःखजेलाे गरेर खानुभन्दा बजारबाट किनेर ल्याएकाे खाद्यान्न उपभाेग गर्ने प्रवृत्ती बढेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS