IME Life New

विदेशी लगानीलाई आकर्षित गर्दै भियतनामी निर्जीवन बीमा क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भियतनामका निर्जीवन बीमा कम्पनीहरुले तीव्रताका साथ बढेको प्रिमियम र व्यावसायिक उत्पादनको उच्च मागबाट अब राहातको सास फेर्ने भएका छन्। यसको मुख्य कारण विदेशी प्रत्यक्ष लगानी आकर्षित हुनु रहेको छ।

भियतनामी निर्जीवन बीमा क्षेत्र विदेशी प्रत्यक्ष लगानी (एफडीआई)का लागि आकर्षण बनेको छ। किनकि लगानीकर्ताले विश्वव्यापी आपूर्ति शृंखलामा विविधीकरण खोज्ने कार्यलाई जारी राख्छन्। एएम बेस्टका वरिष्ठ वित्तीय विश्लेषक केन लाउले भने, ‘एफडीआई प्रवाह भियतनामको अर्थतन्त्र बढाउने इन्जिनका रुपमा जारी रहने अपेक्षा गरिएको छ, जसले व्यावसायिक बीमाको मागलाई बढावा दिनेछ।’

Esewa
Crest

बेस्टको बजार सेगमेन्ट रिपोर्ट ‘मार्केट सेगमेन्ट आउटलुकः भियतनाम नन-लाइफ इन्स्योरेन्स’ प्रतिवेदनअनुसार भियतनामको बीमा व्यवसाय कानुनअन्तर्गत हालैका नियामकीय परिवर्तनले यो स्थिर दृष्टिकोणलाई समर्थन गरेको छ। हालै अपनाइएका आवश्यकताहरुले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, आन्तरिक लेखापरीक्षण र एक्चुरियल मापदण्डहरु वृद्धि गर्नमा केन्द्रित छन्। यसले जोखिम व्यवस्थापन सुधार गर्न र उद्योगमा वित्तीय आचरणलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।

नवीकरणीय ऊर्जा, यातायात र ठूल्ठूला पूर्वाधार परियोजनामा सरकारी खर्चले बीमा कभरेजको मागमा योगदान पुर्याउँदै सम्पत्ति बीमा सन् २०२३ मा प्रमुख वृद्धि कारकका रुपमा देखा परेको छ। ‘भियतनामको निर्जीवन बीमा बजार एफडीआईको आकर्षक गन्तव्यका रुपमा रहेको देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘तर, बजारमा बढ्दो प्रतिस्पर्धाले कमजोर अन्डरराइटिङ अभ्यासका कारण मोटर र स्वास्थ्य बीमा क्षेत्रमा अन्डरराइटिङ मुनाफामा कमी आएको छ।’

स्टेट बैंक अफ भियतनामले सन् २०२३ को पहिलो ६ महिनामा धेरै पटक नीतिगत ब्याजदर घटाएको छ र सन् २०२४ मा अनुकूल मौद्रिक नीति कायम राख्ने अपेक्षा गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS