IME Life New

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो व्यवस्था (संशोधित परिपत्रसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही व्यवस्थामा लचिलो नीति लिएको छ।

हाल मुलुकमा विदेशी मुद्राको सञ्चिति बढ्दै गएपछि केन्द्रीय बैंकले पनि विदेशी मुद्राको सहटी व्यवस्थामा लचिलो नीति लिएको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायहरुका लागि जारी एकीकृत परिपत्र, २०८० मा संशोधन र थप गर्दै सहटी व्यवस्था थप सरलीकृत बनाएको छ।

Esewa
Crest

अब सटही सुविधा प्रदान भएको १२० दिनभित्र सामान आयात गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि ९० दिनभित्र सामान आयात गरिसक्नुपर्ने थियो। यसले उद्योगी–व्यवसायीलाई थप राहात मिलेको छ।

यसैगरी हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्टका पार्टपुर्जा तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १ लाख मूल्यसम्मका त्यस्ता सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि १० हजार अमेरिकी डलरसम्मको यो सुविधा रहेको थियो।

त्यस्तै उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकलाई तोकिएको प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि १० हजार अमेरिकी डलरसम्मको यो सुविधा रहेको थियो।

FEMD-Circular

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS