IME Life New

विदेशी चामलमा बढ्दाे निर्भरताले गिज्याउँदैछ, भारतले निर्यात प्रतिबन्ध लगाउँदा झनै सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारतले गैर बासमती चामलकाे निर्यातमा लगाएकाे प्रतिबन्ध आगामी आम निर्वाचनसम्म कायमै रहने स‌ंभावना देखिएकाे छ । मुद्रा स्फिती र महँगीबाट मतदातालाई राहत दिने नीति अन्तर्गत भारतले गैर बासमती चामलकाे निर्यातमा यसै महिनादेखि राेक लगाएकाे हाे ।

भारतीय चामलमा सर्वाधिक निर्भरता नेपाली उपभाेक्ताकाे रहेकाे छ। नेपालले औसत ४.५७ लाख टन चामल भारतबाट आयात गर्दै आएकाे छ। गत वर्ष मात्र नेपालले ६‍.६७ लाख टन चामल नेपालले आयात गरेकाे भारतीय अखबार द हिन्दूकाे अनलाइन स‌ंस्करणले उल्लेख गरेकाे छ । नेपालले भारत अमेरिका लगायतका मुलुकबाट वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीकाे धान चामल आयात गर्दै आएकाे छ।

Esewa
Crest

भारतीय सत्तारुढ दलले खाद्यान्नकाे महँगीले मतदाता रुष्ट हुनसक्ने सबैखाले संभावनालाई निष्तेज पार्ने उद्देश्यले गैर बासमती चामलकाे निर्या‌तमा राेक लगाएकाे हाे । धान उत्पादनमा कमी आएपछि सन् २००७ काे अक्टाेबरमा पनि भारतले महँगी नियन्त्रणका लागी गैर बासमती चामलकाे निर्यातमा राेक लगाएकाे थियाे ।

गत वर्ष भारतले १४० देशमा २२ करोड टन चामल निर्यात गरेको थियो । त्यसमध्ये ६० लाख टन अपेक्षाकृत सस्तो इन्डिका सेतो चामल थियो । भारतले विश्व बजारकाे चामल निर्यातमा ४० प्रतिशत हिस्सा ओगटेकाे छ। भारतले चामल निर्यातमा राेक लगाउँदा भात खाने उपभाेक्ताकाे बाहुल्यता भएकाे नेपाल सबैभन्दा बढी प्रभावित हुने भएकाे छ। नेपाल भारतमा उत्पादित धानचामलकाे सबैभन्दा ठूलाे बजार हाे ।

भारतले चामलकाे निर्यातमा नेपालकाे हकमा समेत प्रतिबन्धलाई निरन्तरता दिने हाे भने नेपाली उपभाेक्ताका लागी चामलकाे खर्च झनै बढ्नेछ। कालाबजारीलाई प्रश्रय दि‌ंदै आएकाे सरकारले यसपटक भारतले निर्यातमा राेक लगाएकाे खबर सार्वजनिक भएलगत्तै २५ किलाेकाे बाेरामै चामलकाे भाउ १०० रुपैयाँले बढ्दा समेत साेधीखाेजी गर्न चासाे देखाएकाे छैन । सरकारले पुरानाे स्टककाे मालमा मूल्य वृद्धि गरेर बेच्ने व्यापारीलाई कारवाही नगरे मूल्य दिन दिनै बढ्दै जानेछ।

नेपालमा आर्थिक वर्ष २०७९।८० मा कूल १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकाे थियाे । यसबाट जम्मा ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । स्वदेशी उत्पादनले अपुग हुने भएकाले थप १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । नेपालमा वर्षेनी चामलकाे उपभाेग बढ्दै गएपनि धानकाे उत्पादकत्व वृद्धि हुन सकेकाे छैन । चीनले प्रति हेक्टर ७ मेट्रिक टन र बंगलादेशले ५ मेट्रिक टन सम्म चामल उत्पादन गर्ने क्षमता बनाई सक्दा नेपालले प्रति हेक्टर क्षेत्रफलमा जम्मा ३‍.८ मेट्रिक टन मात्र चामल उत्पादन गर्न सकेकाे छ। नेपालले बंगलादेश जति उत्पादकत्व वृद्धि गर्न सकेकाे अवस्थामा नेपालकाे चामलमा परनिर्भरता धेरै हदसम्म नियन्त्रणमा आउनेछ। भारतमा प्रति हेक्टर धान उत्पादकत्व २‍.४ मेट्रिक टन मात्र छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS