IME Life New

विदेशी कामदारलाई ‘एच-१बी’ भिसा दिन छिट्टै लटरी सिस्टम सुरु गर्दै अमेरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सरकारले छिट्टै एच–१बी भिसाका लाभार्थीका लागि पहिलो चरणको लटरी सुरु गर्न लागेको छ। आवेदकहरुलाई अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस) मा एच–१बी भिसाका लागि पहिले पेस गरिएका इलेक्ट्रोनिक आवेदनहरुमध्येबाट लटरीमार्फत चयन गरिनेछ।

एच–१बी भिसाका लागि दर्ता हालै बन्द भएको छ। आर्थिक वर्ष २०२५ का लागि एच–१बी भिसाको प्रारम्भिक दर्ताको अन्तिम मिति मार्च २२ थियो। तर, पछि मार्च २५ सम्म लम्बियो।

Esewa
Crest

यूएससीआईएसले लटरीको मिति छिट्टै घोषणा गरिने जनाएको छ। एच–१बी भिसाको माग सबैभन्दा बढी भएकोले अमेरिकी एजेन्सीले लटरी प्रणाली प्रयोग गर्छ।

अमेरिकाले हरेक वर्ष ८५ हजार मानिसलाई एच–१बी भिसा जारी गर्छ। तीमध्ये २० हजार भिसा अमेरिकाको कुनै पनि विश्वविद्यालयबाट डिग्री हासिल गर्नेलाई दिइन्छ। बाँकी ६५ हजार भिसा लटरी प्रणालीबाट दिइन्छ।

यूएससीआईएसका अनुसार दर्ता सकिएपछि छनोट हुनेहरुलाई मार्च ३१ सम्ममा आफ्नो माईयूएससीआईएस अनलाइन खातामा यसबारे जानकारी दिइनेछ। त्यसपछि अप्रिल १ देखि एच–बी क्याप पिटिसनका लागि अनलाइन फारमहरु पेस गरिनेछ। जबकि, एच–१बी गैरक्यापका लागि याचिका मिति चाँडै घोषणा गरिनेछ।

यूएससीआईएसले गैरआप्रवासी कामदारका लागि आवेदन फारम आई–१२९ र प्रिमियम सेवाका लागि आवेदन फारम आई–९०७ अनलाइन उपलब्ध रहेको जनाएको छ।

वर्ष २०२५ का लागि भिसा आवेदन अप्रिल १ देखि लिइनेछ। वर्षौंपछि अमेरिकी सरकारले पनि भिसा शुल्क बढाएको छ। भिसा शुल्क १० डलरबाट बढाएर ११० डलर पुगेको छ। साथै, एच–१बी भिसाको दर्ता शुल्क पनि १० डलरबाट बढाएर २१५ डलर कायम गरिएको छ।

एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। यसले अमेरिकी कम्पनीहरुलाई विदेशी कामदार राख्न अनुमति दिन्छ। जब कुनै व्यक्ति अमेरिकी कम्पनीमा काम गर्छ, उसलाई एच–१बी भिसा दिइन्छ। सुरुमा यो ३ वर्षका लागि मान्य हुन्छ। यसलाई ६ वर्षसम्म बढाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS