IME Life New

विदेशमा अध्ययनरत भारतीय विद्यार्थीका लागि आयो नयाँ स्वास्थ्य बीमा योजना, ३० लाख डलरसम्मको कभरेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा कम्पनी एचडीएफसी लाइफले मंगलबार विदेशमा अध्ययन गर्ने भारतीय विद्यार्थीका लागि नयाँ नगदरहित स्वास्थ्य बीमा योजना ल्याएको छ। यसका लागि प्रिमियम अमेरिकी डलरमा तिर्नुपर्नेछ।

कम्पनीले एक विज्ञप्तिमा जारी गर्दै ‘ग्लोबल स्टुडेन्ट हेल्थकेयर योजना’ १२ वर्षदेखि ४० वर्ष उमेर समूहका भारतीय विद्यार्थीका लागि ल्याइएको जनाएको छ। यो योजनामा विदेशमा उच्च शिक्षा प्राप्त गरिरहेका भारतीय विद्यार्थीलाई सामेल गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो प्रस्ताव कम्पनीको गिफ्ट सिटी आईएफएससीस्थित इकाइ एचडीएफसी लाइफ इन्टरनेसनटले तयार गरेको हो। यो योजनाले ३० लाख अमेरिकी डलरसम्मको कभरेज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यो योजना चार विकल्पका साथ लन्च गरिएको छ। यसमा ३० लाख अमेरिकी डलरको कभरेज पनि उपलब्ध छ। तीन महिनादेखि एक वर्षसम्म कभरेज अवधिको लचिलो सुविधा दिइएको छ। यसअन्तर्गत भारतीय विद्यार्थीले देशबाहिर विश्वस्तरीय चिकित्सा सुविधा र सेवा प्राप्त गर्न सक्नेछन्। यसमा राम्रो अस्पताल, क्लिनिक, डाक्टर र पेसेवरहरुको नेटवर्क हुनेछ।

यस योजनामा पूर्वनिर्धारित डेन्टल कभरेज, घरमै चिकित्सकको भ्रमण, वैकल्पिक औषधि र अन्य सुविधा पनि उपलब्ध हुनेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS