IME Life New

वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्ने र बुझ्ने गरौँः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्ने र बुझ्ने गर्नुपर्ने सुझाव दिएको छ। वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो।

जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन्। ‘सतहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

ग्राहकले वित्तीय सेवा लिँदा नबुझिएमा प्रश्न सोधी प्रस्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्नुपर्ने सुझाव पनि राष्ट्र बैंकले दिएको छ। ‘ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायक हुन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘ग्राहकले सोधेका प्रश्नको सही र सरल जबाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदाकको दायित्व हो।’

‘त्यसैले भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौँ’, सूचनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS