IME Life New

वालेटले सेटलमेन्ट खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने (एकीकृत निर्देशनसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ई–मनी (वालेट)ले कारोबार फर्छ्यौट गर्ने प्रयोजनका लागि वाणिज्य बैंकहरुमा मात्रै सेटलमेन्ट खाता खोल्नुपर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसका लागि केन्द्रीय बैंकले विभिन्न सर्त अगाडि सारेको छ।

Esewa
Crest

अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले ग्राहकको वालेटमा सिर्जना भएको ई–मनीको कारोबारको फर्छयौट गर्ने प्रयोजनका लागि सेटलमेन्ट बैंकको रुपमा गर्ने काम गर्ने गरी केन्द्रीय बंैकबाट इजाजतपत्रप्राप्त ‘क’ वर्गका बैंकमा छुट्टै सेटलमेन्ट खाता खोल्नुपर्नेछ।

सेटलमेन्ट बैंकका रुपमा सम्झौता गर्न यस्ता छन् सर्त

  • केन्द्रीय बैंकको नीतिगत व्यवस्था वा निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष कायम भएको,
  • बैंक सञ्चित नोक्सानीमा नरहेको,
  • निष्क्रिय कर्जा यस बैंकले तोकेको सीमाभित्र रहेको
  • विगत ३ वर्षभित्र राष्ट्र बैंकबाट जारी “बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी” विनियमावलीबमोजिमको कारबाही नभएको।

सेटलमेन्ट बैंक र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाबीचमा सेटलमेन्ट खाता सञ्चालन गर्न भएको लिखित सम्झौता केन्द्रीय बैंकमा पेस गर्नुपर्नेछ। सेटलमेन्ट बैंक र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाबीचमा सेटलमेन्ट खाता सञ्चालन गर्नका लागि लिखित सम्झौता केन्द्रीय बैंकमा पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS