IME Life New

वारेन बफेट : ९० विलियन डलरका मालिक तर साधारण जीवन शैली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अमेरिकी शहर ओमाहाको नेब्रास्कामा ३० अगस्त १९३० मा जन्मिएका वारेन बफेटका पिता शेयर कारोबारी थिए। बफेटले वुवाको शेयर कारोवार गरेको देख्दा देख्दै ११ वर्षको कलिलो उमेरमै प्रथम पटक शेयर किने।  पहिलो पटक १९४१मा शेयर खरिद गरेका वारेन बफेटलाई धनी बन्न धेरै समय लागेन। ३२ वर्षको उमेरमै सन् १९६२ मा बफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए।

बफेटको जीवनको त्यो दिन महत्तोपुर्ण थियो जुन दिन उनले बर्कशायर ह्याथवेमा प्रवेश गर्ने निर्णय गरे। उनले विस्तारै उक्त कम्पनीको शेयर खरिद गर्न थाले र सन १९६५ मा उक्त कम्पनीको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिन सफल भए। बर्कशायर ह्याथवेमा आफ्नो नियन्त्रण हुँदा उनी ३५ वर्षका मात्र थिए।

Esewa
Crest

त्यसपछि सन् १९७९ मा वाफेट पहिलोपटक फोब्र्सको अर्वपति सुचीमा नाम अंकित गरे। वारेनले अमरिकाको कोकाकोला, वेल्स फार्गो एन्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गर्थे।

फोर्ब्स पत्रिकाको तथ्यांक अनुसार सन् २०२० जनवरी २१ तारिकसम्म बफेट संग ९० बिलियन अमेरकी डलर नेटवर्थ छ।
वारेन बफेट प्रमुख कार्यकारी रहेको बर्कशायर ह्याथवेले ६० भन्दा धेरै कम्पनी संचालन गर्दछ।

बफेट धनी भए पनि उनको जीवन शैली भने एकदमै सरल रहेको छ। यति धेरै सम्पत्तिका मालिक भए पनि बफेट आज सम्म पनि सन् १९५८ मा ३१ हजार डलरमा किनेको घरमा बस्छन। उनीसंग अरु घर नभएको भने होइन, उनी संग क्यालिफोर्निया राज्यमा समुन्द्र तटमा सन् १९७१ मा किनेको आलिसान घर छ।

धनी हुनु पर्छ तर धनी देखिनु हुँदैन भन्ने भाव बफेटबाट  सिक्न सकिन्छ।

वारेन बफेटको एप्पल कम्पनीमा लगानी रहेको छ तरपनि उनी कुनै स्मार्टफोन प्रयोग गर्दैनन्। सिएनबीसीका अनुसार एप्पल कम्पनीमा बर्कशायर ह्याथवेको ५ दशमलव ५ प्रतिशत लगानी रहेको छ। एप्पलको फोन प्रयोग गर्नु सट्टा बफेटले सामसुङको सामान्य फोन प्रयोग गर्छन। अहिले त्यो फोनको बजार मूल्य २० डलर देखि ३० डलर मात्र पर्दछ। तर बफेटले आईप्याड चाही प्रयोग गर्छन। उनले शयर मूल्य हेर्न र अनुसन्धान गर्न सो आईप्याड प्रयोग गर्छन। रमाईलो कुरा के छ भने उनले अहिले प्रयोग गरेको समान्य सामसुङको फोन पनि एलेक्जाण्डर ग्रामले दिएका थिए र त्यो फोन फिर्ता गर्न भुलेछन। हाँस्दै बफेटले एक कार्यक्रममा भने।

उनी खुशी खोज्ने अरबपतिमा पर्दछन। उनी पैसा कमाउन मात्र केन्द्रित नभएर विभिन् सामाजिक काममा पनि लागेका छन्। सन् २०१९ मा मात्रै बफेटले ३ दशमलव ६ विलयन डलर दान गरेका थिए र सन् २००६ यता बफेटले जम्मा ३४ विलयन डलर दान गरेको छन्। उनले बर्कशायर ह्याथवेको शेयर बेच्दै दान पनि दिदै आएका छन्।

धनी हुनु पर्छ तर धनी देखिनु हुँदैन भन्ने भाव बफेटबाट सिक्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS