IME Life New

वारेन बफेटजस्तै शेयर बजारमा सफलताको झन्डा कसरी फहराउने ? अपनाउनुस् यी ५ मन्त्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वारेन बफेटलाई २० औं शताब्दीको शेयर बजारमा सबैभन्दा सफल लगानीकर्ता मानिन्छ। विश्वभरका लगानीकर्ताले ९४ वर्षीय बफेटलाई आफ्नो गुरु र रोल मोडलका रुपमा लिन्छन्। धेरै मानिसले बफेटका रणनीति पालना गर्न सिफारिस गर्छन्।

यदि शेयर बजारमा सफल लगानीकर्ता बन्ने चाहना छ भने वारेन बफेटका यी ५ इन्भेस्टमेन्ट टिप्सलाई अनुशरण गर्दा लाभदायक हुन सक्छ।

Esewa
Crest

नगद कहिल्यै राम्रो लगानी होइन

यो सिद्धान्तले बफेटको फराकिलो लगानी रणनीतिलाई प्रतिविम्बित गर्दछ। नगदबाट बाहिर निस्कनुहोस् र सुन, चाँदी, इक्विटी, सम्पत्ति आदि सम्पत्तिमा लगानी गर्नुहोस्। किनकि नगदको मूल्य समयसँगै घट्दै जान्छ। यद्यपि, तत्काल आवश्यकताका लागि पर्याप्त नगद हुनु महत्त्वपूर्ण हुन्छ।

बढ्ने सम्पत्तिमा लगानी

बफेटले सुनजस्ता भौतिक वस्तुको स्वामित्वको तुलनामा बढ्ने सम्पत्तिमा लगानी गर्न सिफारिस गरेका छन्। बफेटसमयसँगै प्रतिफल उत्पन्न गर्ने सम्पत्तिमा लगानी गर्ने वकालत गर्छन्। खेत किन्छौँ किनकि प्रत्येक वर्ष एक निश्चित मात्रामा मकै, भटमास वा अन्य अन्न उत्पादन गर्ने अपेक्षा गरिन्छ। त्यसका लागि कति तिर्ने भन्ने निर्णय गरिन्छ। हामी सोच्छौँ त्यो खेतले कति उत्पादन गर्छ। व्यवसायमा लगानी गर्दा, बफेट दीर्घकालीन सोच्छन् र स्टक मूल्यहरुमा अल्पकालीन उतारचढावलाई बेवास्ता गर्छन्।

पहिले कम्पनीको मूल्यांकन

बफेटको लगानी दृष्टिकोण मूल्यमा आधारित छ। उनले बजारमूल्यमा ध्यान केन्द्रित गर्दैन बरु पहिले कम्पनीको आन्तरिक मूल्यको मूल्यांकन गर्छ। उनी पहिले कम्पनीको मूल्यांकनमा विश्वास गर्छन्। कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले पहिले व्यवसायलाई हेर्नुपर्छ। त्यसको मूल्य के हो पत्ता लगाउनुपर्छ। त्यसपछि कम्पनीको मूल्यांकन गर्नुपर्छ।

अवसरको फाइदा

बफेट जोड दिन्छन् कि ठूला अवसरहरुको फाइदा उठाउनु धन निर्माणका लागि महत्वपूर्ण छ। ठूला अवसरहरु आएपछि सदुपयोग गर्नुपर्छ। आवश्यक पर्दा साहसी कदम चाल्नुपर्छ। जब केही सही र ठूलो गर्ने मौका मिल्छ तब त्यसलाई गर्नैपर्छ।

आफैँमा लगानी

बफेटले मानिसको सीप र ज्ञानमा लगानी गर्नुको महत्त्वलाई जोड दिन्छ। मानिसले गर्न सक्ने सबैभन्दा राम्रो लगानी आफैँमा हो। कसैले यसलाई आफूबाट हटाउन सक्दैन। युवाहरुलाई असल बानी विकास गर्न, निरन्तर सुधार गर्न र आफ्नो क्षमताहरु निर्माण गर्न बफेट सल्लाह दिन्छन्। यदि कसैसँग १ करोड रुपैयाँबराबरको सम्पत्ति छ। उसले आफ्नो सीप सुधार गर्नुपर्छ, चाहे त्यो मौखिक होस् वा लिखित। त्यसले मानिसको मूल्य बढाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS