IME Life New

वारेन बफेटको लगानीका १५ नियम, क्वान्टिटीभन्दा क्वालिटीमा ध्यान दिन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व शेयर बजारका बादशाह एवं बर्कशायर हाथवेका सीईओ वारेन बफेटले शेयरहोल्डर लेटरमा आफ्नो टाइम लेस इन्भेस्टमेन्ट प्रिन्सिपलहरुबारे उल्लेख गरेका छन्। यो लेटर उनले आफ्ना शेयरधनीहरुका लागि जारी गरेका हुन्। जसमा उनले लगानीका १५ नियमबारे जानकारी गराएका छन्।

पत्रमा वारेन बफेटले जब अरु लोभी हुन्छन् तब आफू सर्तक रहनुपर्ने सुझाव दिएका छन्। तर जब अरु त्रसित हुन्छन् तब आफू लोभी हुनुपर्ने उनको लगानी सूत्र रहेको छ। फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीअनुसार वारेन बफेट विश्वको छैटौँ धनीव्यक्ति हुन्। आज हामी उनै धनकुबेरको लगानीका १५ नियमबारे उल्लेख गर्न गइरहेका छौँ।

Esewa
Crest
  • धैर्यताको फल मीठो हुन्छ: शेयर बजार धैयता गर्ने व्यक्तिहरुलाई पैसा बनाउनका लागि डिजाइन गरिएको हो।
  • दीर्घकालीन सोचः हाम्रो मनपर्ने स्टक होल्डिङ अवधि सधैँका लागि हुनुपर्छ।
  • क्वान्टिटीभन्दा क्वालिटीमा ध्यान दिनुपर्छः राम्रो मूल्यमा खराब कम्पनीभन्दा सही मूल्यमा एक अद्भुत कम्पनी लगानी गर्न उत्तम हुन्छ।
  • आफ्नो लगानीबारे बुझौँः जोखिम तपाइँ के गर्दै हुनुहुन्छ भन्नेबाट थाहा हुँदैन। त्यसैले आफ्नो लगानीबारे राम्ररी बुझ्न आवश्यक हुन्छ।
  • सही कम्पनीमा लगानी गरौँः राम्रो व्यवस्थापन भएको राम्रा कम्पनीको हिस्सेदारी छ भने त्यसलाई बेच्नु हुँदैन।
  • आफ्नो क्षमता बुझौँः तपाइँ प्रत्येक कम्पनी वा धेरै कम्पनीमा विशेषज्ञ हुनु आवश्यक छैन। तपाइँ आफ्नो क्षमताअनुसार कम्पनीहरुको मूल्यांकन गर्न सक्षम हुनु आवश्यक छ।
  • ऋणदेखि होसियारः ऋण लिएर लगानी गर्दा नाफा हुँदा त्यस बेवास्ता गर्छौं। तर, जब घाटा हुन थाल्छ तब सबैको ध्यान आफूले लिएको ऋणमा केन्द्रित हुन्छ। त्यसले समस्यामा पार्न सक्छ। त्यसैले ऋण लिनबाट जोगिनुपर्छ ।
  • अति–विविधीकरणबाट जोगिनुपर्छः पोर्टफोलियोलाई अति–विविधीकरणको आवश्यकता तबमात्र उत्पन्न हुन्छ जब लगानीकर्ताले उनीहरुले के गरिरहेका छन् भनेर बुझ्दैनन्।
  • अरु लोभी हुँदा डराउनुहोस् र अरु डराउँदा लोभी हुनुहोस्ः अरु लोभी हुँदा हामी डराउनुपर्छ। जब अरु डराउँछन् तब हामी लोभी हुनुपर्छ।
  • आन्तरिक मूल्यमा ध्यान दिनुपर्छः मूल्य त्यो हो, जुन तपाइँले तिर्नुहुन्छ। पैसा त्यो हो, जुन तपाइँले आर्जन गर्नुहुन्छ।
  • बजारको उतारचढावलाई ध्यान दिनुपर्छः भगवानले जस्तै शेयर बजारले त्यस्ता लगानीकर्तालाई मद्दत गर्छ, जसले आफैँलाई मद्दत गरिरहेका हुन्छन्। तर, भगवानको विपरीत बजारले उनीहरुलाई माफ गर्दैन, जसलाई आफूले के गरिरहेका छौँ भन्ने थाहा हुँदैन।
  • बजारलाई समय नदिऔँः हामी बजारमा सक्रिय भएरभन्दा शान्त रहँदा धेरै पैसा कमाउन सक्छौँ।
  • आफ्नो क्षमताभित्र रहनुहोस्ः नियम नम्बर १ः पैसा कहिल्यै नगुमाउनुहोस् । नियम नम्बर २ः नियम नम्बर १ कहिल्यै नबिर्सनुहोस्।
  • तर्कसंगत रहनुहोस्ः कम मूल्यहरुको सबैभन्दा सामान्य कारण निराशावाद हो। हामीले कम्पनी वा उद्योगलाई कहिलेकाहीँ फराकिलो दृष्टिकोण हेर्नुपर्छ।
  • नम्र रहनुहोस् र सिक्न जानुहोस्ः तपाइँले हरेक परिस्थितिमा नम्र रहनुपर्छ र हरेक पाइलाबाट केही न केही सिक्नुपर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS