IME Life New

वारेट बफेटका यी ५ सूत्र फलो गर्नुहोस्, शेयर बजारमा कहिल्यै हुने छैन घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा केही दिनयता ठूलो उतारचढाव देखिएको छ। सरकार परिवर्तनसँगै शेयर बजारमा रौनकता देखिएको थियो। जसका कारण दैनिक कारोबार रकमले नयाँ रेकर्डसमेत बनाइसकेको छ। शेयर बजार सूचक पनि ३००० माथि उक्लिएको थियो। तर, केही दिनयता भने बजारमा इन्ट्राडे कारोबारमै ठूलो उतारचढाव हुने गरेको देख्न पाइएको छ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार भारी करेक्सन आएको छ। बजार फेरि २९०० तल झरेको छ। केही बजार पण्डितहरुले अझै केही अंकको करेक्सन आउने दाबी गरेका छन् भने केहीले करेक्सन सकियो अब उकालो यात्रा तय गर्ने बताएका छन्।

Esewa
Crest

त्यसो त नेपालको शेयर बजार प्राकृति हिसाबले चलेको देखिँदैन। बजारबारे अनावश्यक हल्ला फैलाएर बढाउने र घटाउने खेल भइरहेकै छ। नियामक नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको लामो समय भइसकेको छ। जसका कारण नियामकीय गतिविधि ठप्पप्रायः छ।

अनेकन हल्लाबीच बजार अझै तल आउने हो कि भन्ने आमलगानीकर्तामा त्रास छ। तर, विश्वका दिग्गज लगानीकर्ता वारेन बफेट केही सूत्र फलो गर्ने हो भने बजार घट्दा वा बढ्दा दुवै स्थितिमा लगानीकर्ताले कमाउने अवसर सिर्जना गर्न सक्छन्।

यस्ता बफेटका ५ सूत्र

दीर्घकालीन लगानी

शेयर बजारमा भनाइ छ– पैसा यहाँ शेयर किनेर बेचेर होइन पर्खाइबाट कमाइन्छ । वारेन बफेट पनि यो भनाइमा विश्वास गर्छन्। बफेटले लगानीकर्तालाई दीर्घकालीन लगानीमा ध्यान केन्द्रित गर्न र छोटो अवधिको लगानीबाट जोगिन सुझाव दिन्छन्। बफेट भन्छन्, ‘शेयर बजार समयसँग बढ्छ अनि घट्छ। तर, यसबाट दीर्घकालीन लगानीकर्ता लाभान्वित हुन्छन् ।

अस्थिरताबाट नडराऊ

वारेन बफेट विश्वास गर्छन् कि शेयर बजारको अस्थिरतामा अत्यधिक प्रतिक्रिया गर्ने लगानीकर्ताले घाटा भोग्छन्। अस्थिर बजारमा लगानीकर्ता प्रायः चिन्तित हुन्छन् र हतारमा निर्णय लिन्छन्। तिनीहरुले यो गर्नुहुँदैन। बजारको अस्थिरताबाट नडराउने, शान्त रहने र दीर्घकालीन लक्ष्यमा ध्यान केन्द्रित गर्नेले कहिल्यै घाटा नव्यहोर्ने बफेटको मान्यता छ।

शेयरभाउ होइन कम्पनीको आधारभूत हेरेर लगानी

वारेन बफेट बलियो आधारभूत कम्पनीहरुमा लगानी गरिएको पैसा कहिल्यै नगुम्ने बताउँछन्। तसर्थ, बलियो आधारभूत कम्पनीहरु खोजेर लामो अवधिका लागि लगानी गर्नुपर्छ। बलियो आधारभूत कम्पनी भन्नाले राम्रो ब्यालेन्स सिट, स्थिर आम्दानी र सक्षम व्यवस्थापकको हातमा रहेको कम्पनीहरुलाई जनाउँछ।

पोर्टफोलियोमा विविधीकरण

वारेन बफेट भन्छन्, ‘जसले आफ्नो सबै अन्डा एउटै टोकरीमा राख्छ, उसले सधैँ गुमाउँछ।’ यसको मतलब सबै पुँजी कहिल्यै एकै ठाउँमा लगानी गर्नुहुँदैन। लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गरेर जोखिम कम गर्न सक्छ। कुनै एउटा वर्गको क्षेत्रमा लगानी गर्दा प्रतिफलको ग्यारेन्टी हुँदैन। साथै, जोखिम पनि बढ्छ।

उत्पादनशील क्षेत्रमा लगानी

वारेन बफेटले लगानीकर्तालाई उत्पादनमूलक क्षेत्र जस्तै– घरजग्गा, वस्तु वा सेवा उत्पादन गर्ने व्यवसाय र कृषि भूमिमा लगानी गर्न सल्लाह दिन्छन्। यी क्षेत्रले नगद प्रवाह उत्पन्न गर्दछन्। उत्पादक क्षेत्रमा लगानी गर्दा बजारको प्रदर्शनमा निर्भर नहुने आम्दानीको स्थिर र भरपर्दो स्रोत उत्पन्न हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS