IME Life New

‘वायू सेवा निगमको कारण नभई क्यानको कमजोरीका कारण ईयूको प्रतिबन्ध कायमै’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूरोपेली स‌ंघ(इयू)ले सेफ्टी लिस्ट(सुरक्षा सूची) बाट नेपाललाई नहटाएकोमा केही सञ्चारमाध्यमले नेपाल वायूसेवा निगमको कमजोरी रहेको औंल्याएकोमा आपत्ती जनाएको छ। इयूले पठाएको पत्रमा नागरिक उड्ययन प्राधिकरणले न्यूनत्तम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु लागू गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकेको कारण प्रष्टरुपमा उल्लेख गरेको भन्दै भ्रमपूर्ण प्रचारबाजी गरिएकोमा आपत्ती जनाएको हो ।

हवाई उडान सुरक्षा सम्बन्धमा हालै नेपालमा भएको स्थलगत अध्ययन पछिको आफ्नो धारणा इयूले २९ नोभेम्बरमा पत्र मार्फत् सार्वजनिक गर्दै सुरक्षा सूची अन्तर्गत कालो सूचीमा राख्ने पूर्ववत निर्णयलाई निरन्तरता दिएको थियो । नेपालको हवाई उडान सुरक्षा प्रबन्ध कमजोर रहेको भन्दै इयूले एक दशक अघि सन् २०१३ देखि नै कालो सूचीमा राख्दै आएको छ । कालो सूचीमा रहेका मुलुकको कुनै पनि हवाई सेवा प्रदायकले इयू अन्तर्गतका मुलुकमा हवाई उडान गर्न पाउँदैनन् । इयूले ११ देखि १५ सेप्टेम्बरसम्म नेपालमा हवाई सुरक्षा सम्बन्धमा स्थलगत अध्ययन पछि प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।

Esewa
Crest

स्थलगत अध्ययनका क्रममा इयूको अध्ययन टोलीले प्राधिकरणका ३५ वटा कमजोरी र १३ वटा सिफारिश औ‌ंल्याएको थियो । यसैगरी नेपाल वायू सेवा निगमको २५ वटा र २ वटा सिफारिश र श्री एयरलाइन्सको हकमा पनि सिफारिशहरु जारी गरेको थियो । नेपाल उड्ययन प्राधिकरणका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, हाल नेपालले हवाई सुरक्षाको क्षेत्रमा केही प्रगति हासिल गरे तापनि इयुको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकोले कालो सूचीबाट नेपाललाई नहटाउने निर्णय भएको छ।

नेपालमा हवाई उडानसँग सम्बन्धित प्राविधिक सेवा र अनुगमन दुबै जिम्मेवारीमा उही व्यक्ति र स‌ंस्था रहेकोमा शुरुदेखि नै इयूले चासो देखाउँदै आएको छ। दुबै जिम्मेवारीमा एउटै व्यक्ति र स‌ंस्था रहँदा स्वतन्त्र नियमनको अभावमा सुरक्षा संवेदनशीलतामा मोलाहिजा हुन सक्ने आश‌ंका व्यक्त गर्दै प्रतिबन्धतालाई निरन्तरता दिएको छ।

नेपालको हवाई उडान सेवा प्रदायक कम्पनीहरुले हवाई उडानका क्रममा अन्तर्राष्ट्रय उड्ययन सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरे नगरेको भन्ने सम्बन्धमा नियमन गर्ने जिम्मेवारी उड्ययन प्राधिकरणको हो । उड्ययन प्राधिकरणको कमजोर नियामकीय भूमिकाका कारण नेपालमा हवाई उडान सुरक्षामा कमजोरी रहेको अन्तर्राष्ट्रिय स‌ंस्थाले औ‌ंल्याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS