IME Life New

वायू प्रदुषणका हिसाबले नेपाल विश्वकै आठौं स्थानमा, पहिलो नम्बरमा बंगलादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२३ मा सर्वाधिक वायू प्रदूषण रहेका देशहरुको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । वायूको गुणस्तर मापनसम्बन्धी संस्था आईक्यू एयरले मंगलबार जारी गरेको विश्व वायू गुणस्तर प्रतिवेदन २०२३ का अनुसार सन् २०२३मा नेपाल सर्वाधिक वायू प्रदुषण हुने देशको शीर्ष सूचीमा परेको हो ।

प्रतिवेदनका अनुसार सर्वाधिक वायू प्रदुषण हुने देशहरुमध्ये दक्षिण एशियाली मुलुक बंगलादेश,पाकिस्तान र भारत क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । यसैगरी बुर्किना फासो, इराक र संयुक्त अरब इमिरेट्स क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।

शीर्ष १०० प्रदुशित शहरमध्ये भारतका मात्रै ८३

प्रतिवेदनका अनुसार विश्वका सर्वाधिक प्रदुषित शहरहरुमध्ये १०० वटा शहर एशियाली मुलुक भित्रका ठूला शहरहरु हुन् । तीमध्ये पनि ८३ वटा शहर भारतीय शहरहरु छन्। यी शहरहरुको वायू प्रदुषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा कैयौं गुणा बढी छ। The most polluted city, Begusarai, an Indian city of more than half a million residents in the western state of Bihar, had PM2.5 levels of 118.9 µg/m3 last year—or 23 times the WHO standard.

Esewa
Crest
प्रतिवेदनका अनुसार विश्वभरमध्ये सर्वाधिक प्रदूषित शहरमध्ये शीर्ष स्थानमा भारतको बिहारको बेगुसराय, राजधानी दिल्ली, दक्षिण भारतको गुवाहाटी सहितको चारवटा शहर छन् । ति शहरमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदूषण पाइएको जनाइएको छ ।पश्चिम बिहारस्थित ५ लाखभन्दा बढी जनसंख्या बसोबास गर्ने बेगुसराय शहर वर्ष २०२३ को सबैभन्दा बढी प्रदूषित महानगरका रुपमा देखिएको छ । यसैगरी राजधानी दिल्ली गुवाहाटीपछि विश्वको तेस्रो सर्वाधिक प्रदूषित सहर बनेको छ । बेगुसरायको वायूमा ‘पीएम टु प्वाइन्ट फाइभ’ को सघनता विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झण्डै २३ गुणा अधिक छ। प्रतिवेदनका अनुसार यो शहरमा ११८.९ ‘माइक्रोग्राम्स प्रतिक्युबिक मिटर’ वायू प्रदुषण मापन गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पीएम टु प्वाइन्ट फाइभ कणको मात्रा वार्षिक ५ ‘माइक्रोग्राम प्रति क्युबिक मिटर’ हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

प्रतिवेदनका अनुसार अध्ययनका क्रममा वायू प्रदुषण मापनका लागि पीएम टु प्वाइन्ट फाइभ भनिने र मानिसको स्वास्थ्यलाई सर्वाधिक हानि पुर्याउने २.५ माइक्रोमिटर आकारका सूक्ष्म कणलाई आधार बनाइएको थियो । ती कण फोक्सोमार्फत रक्तप्रवाहमा जान सक्ने र दम, मुटुरोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउने जोखिम उच्च रहने गरेको छ । पीएम टु प्वाइन्ट फाइभको वार्षिक औसत सघनताका आधारमा यो सूची तयार पारिएको हो । सातवटा देशमा मात्रै वायुको गुणस्तर स्वस्थ अर्थात् विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS