IME Life New

वायू प्रदुषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु, नेपालको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वायू प्रदुषणका कारण विश्वमा प्रत्येक वर्ष ७० लाख मानिसकले अकालमै ज्यान गुमाउनु परेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायू प्रदुषणका कारण मानिसमा हुने फोक्सो र मुटु सम्बन्धी रोगले अकालमै ठूलो जनसंख्याले मृत्युवरण गर्न बाध्य हुनु परेको हो ।

संगठनका अनुसार मानवीय क्षतिमध्ये पश्चिमी प्रशान्त क्षेत्रमा मात्र प्रत्येक वर्ष करिब २२ लाख मानिसको मृत्यु हुन्छ। पश्चिमी प्रशान्त क्षेत्रले विश्वव्यापी रूपमा वायू प्रदुषणको कारण मृत्युको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। यस क्षेत्रमा वायू प्रदुषणका कारण प्रत्येक १४ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ ।

Esewa
Crest

विशेष गरी प्रति व्यक्ति आय न्यून भएका देशहरूमा स्वास्थ्य जोखिम कम गर्ने श्रोतहरूको अभाव भएकाले बालबालिकाहरू सबैभन्दा बढी जोखिममा छन्। वृद्ध व्यक्तिहरू पनि विशेष गरी वायू प्रदुषण र एरोएलर्जीका कारण हुने श्वासप्रश्वास र अन्य रोगको उच्च जोखिममा हुन्छन् ।

वायू प्रदुषण स्वास्थ्यको लागि सबैभन्दा ठूलो पर्यावरणीय जोखिम मध्ये एक हो। वायू प्रदुषणले प्रदुषित हावामा भएका अति मसिना कणहरूलाई मानिसको फोक्सो र मुटु प्रणालीको गहिराइमा प्रवेश गराई दिन्छ। जसले हृदय घात, मुटु रोग, फोक्सोको क्यान्सर, मुटुका धमनीहरूको अवरोध सम्बन्धी रोग र श्वासप्रश्वासको संक्रमण जस्ता रोग निम्त्याउँछ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सबै विश्वव्यापी जनसंख्या (९९%) ले प्रदुषित हावामा श्वास फेर्न बाध्य छन् । संगठनले तोकेको प्रदुषणको मापदण्डको सीमा भन्दा बढी र उच्च स्तरको प्रदूषकका कारण यस्तो समस्या निम्तिएको हो । निम्न र मध्यम आय भएका देशहरू वायू प्रदुषणको जोखिमबाट झन् बढी पीडित छन्।

नेपालको अवस्थाः

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले नेपालमा वायू प्रदुषणले गर्दा हुने श्वास प्रश्वास रोगमध्ये ३९.४% सीओपीडी रहेको देखाएको छ ।२९.१% निमोनिया र २५.३%  तीब्र श्वसन रोग प्रमुख थिए । काठमाडाैं उपत्यकाका अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगको बिरामीहरूमध्ये  ४.८% दम र फोक्सो सम्बन्धी ४.८% रोगका बिरामी छन् ।

नेपाल ग्लोबल बर्डेन अफ डिजिज २०१९ प्रतिवेदनका अनुसार रोगका कारण अकालमै ज्यान गुमाएकामध्ये वायू प्रदुषणसँग सम्बन्धित रोगका कारण वार्षिक रूपमा ४० प्रतिशतभन्दा बढी मानिसको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS