IME Life New

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल ¥यालीमा सहभागीहरुलाई इन्धन वचाउन सांग्रिला बैंकले चालेका कदमहरुको विषयमा जानकारी दिए पश्चात साईकल ¥यालीको शुरुवात भएकोे थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक . वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल -यालीमा बैंकका सस्थापक र सञ्चालक प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको साइकल -याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजेको बैंकले जनाएको छ ।

Esewa
Crest

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ सेभ फ्युल च्यालेन्ज भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS