IME Life New

वर्ष २०२७ मा वैश्विक बाली बीमा बजारको आकार कत्रो होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैश्विक बाली बीमा बजार वर्ष २०२७ सम्म करिब १५ अर्ब डलरको पुग्ने प्रक्षेपण गरिएको छ। टेक्नाभियोको अनुमानमा वैश्विक बाली बीमा बजार वर्ष २०२७ सम्म १४ अर्ब ८२ करोड डलरबराबरको हुनेछ।

वर्ष २०२२ देखि २०२७ सम्म वैश्विक बाली बीमा बजार वार्षिक ६.६३ प्रतिशतको बढोत्तरी हुने अनुमान गरिएको छ। बाली बीमा बजारको विस्तारका लागि प्रमुख कारणहरुमा ग्लोबल वार्मिङसँग जोडिएका मौसमी घटनाहरुको बढ्दो आवृत्ति समावेश गरिएको छ।

Esewa
Crest

यूएसडीएको पान्डेमिक कभर क्रप प्रोग्राम (पीसीसीपी) जस्ता संघीय कार्यक्रमहरुले योग्य बाली बीमाहरुका लागि प्रतिएकड ५ डलरसम्मको प्रिमियम लाभहरु प्रदान गर्दै आएको छ। बाली बीमा खरिदमा अमेरिका विश्वमा अग्रस्थानमा रहेको छ।

मौसमी घटनाहरु जस्तैः खडेरी, भारी वर्षा र जंगलमा आगलागी बारम्बार भइरहेका छन्। यस्ता घटनाले वैश्विक रुपमा कृषि उत्पादनमा प्रतिकूल असर पारेको छ।

संयुक्त राज्यमा वैज्ञानिकहरुले जलवायु परिवर्तन र यी घटनाहरुबीचको बलियो सम्बन्ध पहिचान गरेका छन्। जसले आर्थिक क्षति कम गर्न बाली बीमाको माग बढाएको छ। यसले पूर्वानुमान अवधिमा बजारको वृद्धिलाई बढावा दिने अपेक्षा गरिएको छ।

यद्यपि, विशेषगरी साना कृषकका बीचमा बाली बीमाको कम चेतनाले चुनौती खडा गरेको छ। धेरै विकासोन्मुख देशहरुमा सीमित ज्ञान र पहुँचका कारण बाली बीमा खरिद न्यून रहेको छ। बीमा दाबीहरुमा असमानताजस्ता चुनौतीले पूर्वानुमान अवधिमा बजारको वृद्धि प्रक्षेपणलाई असर गर्ने सम्भावना रहेको पनि टेक्नाभियोले औँल्याएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS