IME Life New

वर्ष २०२४ को सुरुआतसँगै रकेट बन्यो बिटक्वाइन, मूल्य २१ महिनायताकै उच्च स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२४ को सुरुआतसँगै विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनका लगानीकर्ताका लागि खुसीको खबर ल्याएको छ। मंगलबार बिटक्वाइनको मूल्य ४५ हजार डलर नाघेको छ।

बिटक्वाइनको मूल्य अप्रिल २०२२ पछि पहिलोपटक उक्त स्तरमा पुगेको हो। बिटक्वाइनको मूल्य एक्सचेन्ज ट्रेड स्पट बिटक्वाइन कोष स्वीकृत हुनेछ भन्ने आशामा बढेको हो। गत वर्ष अर्थात २०२३ मा बिटक्वाइनको मूल्य १५६ प्रतिशतले बढेको थियो। जुन २०२० पछिको उत्कृष्ट प्रदर्शन हो।

Esewa
Crest

मंगलबारको कारोबारका क्रममा बिटक्वाइनको मूल्य ४५ हजार ५३२ डलरसम्म पुगेको छ। जुन २१ महिनाको उच्च स्तर हो। यद्यपि, यो अझै हालसम्मकै उच्च स्तरबाट निकै टाढा छ। नोभेम्बर २०२१ मा बिटक्वाइनको मूल्य ६९ हजार डलरको उच्च स्तरमा पुगेको थियो।

लगानीकर्ताहरु आशावादी छन् कि अमेरिकी धितोपत्र नियामकले स्पट बिटक्वाइन ईटीएफलाई अनुमोदन गर्न सक्छ। यसले लाखौं लगानीकर्ताका लागि बिटक्वाइन बजारको बाटो खोल्न सक्छ र अर्बौं डलरको लगानी ल्याउन सक्छ। यही कारणले बिटक्वाइनको मूल्य बढेको हो । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS