IME Life New

वर्ष २०२३ मा भारतको जीवन बीमा क्षेत्रमा २५%ले बढ्यो पोलिसी समर्पण र परित्याग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा वर्ष २०२३ मा जीवन बीमा पोलिसीहरु समर्पण र परित्याग बढेको छ। यो वर्ष भारतमा पोलिसी समर्पण र परित्याग २५ प्रतिशतले बढेको हो। महँगी बढ्नु र गलत तरिकाले पोलिसी बिक्री गर्नुले समर्पण र परित्यागका घटना बढेको हो।

भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) को २०२२–२३ को वार्षिक प्रतिवेदनअनुसार जीवन बीमा क्षेत्रले पोलिसी समर्पण र परित्याग गर्ने बीमितहरुलाई कुल भारु ४.८६ लाख करोड फिर्ता गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २५.६२ प्रतिशतले बढी हो। यो कुल बीमाशुल्कको लगभग ६४.०८ प्रतिशत हुन आउने आईआरडीएआईले जनाएको छ।

Esewa
Crest

स्विस रिले वर्ष २०२३ मा जीवन बीमाका लागि विश्वव्यापी प्रिमियम ०.७ प्रतिशतले बढ्ने अनुमान गरेको छ।

वर्ष २०२३ मा भारतमा १० लाख ७६ हजार मृत्यु दाबी भुक्तानीका लागि निवेदन परेको थियो। जसमा १० लाख ७६ हजार निवेदनको दाबी भुक्तानी कम्पनीहरुले गरिसकेको आईआरडीएआईले जनाएको छ। कम्पनीहरुले कुल भारु २८ हजार ६११ करोडबराबरको मृत्यु दाबी भुक्तानी गरेका छन्।

आईआरडीएआईका अनुसार कम्पनीहरुलाई प्राप्त कुल निवेदनमध्ये ४ हजार ३४० दाबी रद्द भएको छ। जुन भारु २४ करोडबराबरका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS