IME Life New

वर्ष २०२३ मा पौने ९ लाख विदेशी बने अमेरिकी नागरिक, कसरी लिन सकिन्छ सिटिजनसिप ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बसोबासका लागि विदेशीको पहिलो रोजाइ अमेरिका बन्दै आएको छ। बर्सेनि लाखौँ मानिसले अमेरिकाको नागरिकता लिने गरेका छन्।

अमेरिकाको सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)को तथ्यांकअनुसार वर्ष २०२३ मा ८ लाख ७ हजार विदेशी अमेरिकी नागरिक बनेका छन् । तीमध्ये १ लाख १० हजारभन्दा बढी मेक्सिकन नागरिक छन्, जो अहिले अमेरिकी भइसकेका छन्।

Esewa
Crest

त्यसपछि ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिएका छन् । यसबाहेक फिलिपिन्सका करिब ४५ हजार र डोमिनिकन रिपब्लिकका ३५ हजार बढी नागरिक अमेरिकी बनेका छन् ।

अमेरिकी नागरिकता प्राप्त गर्न धेरै गाह्रो छ। यसका लागि अध्यागमन तथा राष्ट्रियता ऐन (आईएनए) मा दिइएको योग्यता पूरा गर्नुपर्नेछ।

अमेरिकी नागरिकता प्राप्त गर्न विदेशी नागरिक कम्तीमा ५ वर्षका लागि अमेरिकाको वैध स्थायी निवासी हुनुपर्दछ। यदि कुनै विदेशी नागरिकले अमेरिकी नागरिकसँग विवाह गर्छ भने ऊ ३ वर्षका लागि वैध स्थायी बासिन्दा हुनुपर्छ।

सन् २०२३ मा अमेरिकी नागरिकता पाएका अधिकांश विदेशी ५ वर्षका लागि वैधानिक रुपमा स्थायी बासिन्दा भएका थिए । यसपछि वैध स्थायी बासिन्दालाई ३ वर्षका लागि अमेरिकी नागरिकता दिइएको थियो। यी सबैबाहेक अमेरिकी सेनामा सेवारत विदेशीले पनि अमेरिकी नागरिकता पाउन केही छुट पाउँछन्।

अमेरिकी नागरिकता लिनुअघि विदेशीले ग्रीन कार्ड लिनुपर्छ। ग्रीन कार्डलाई स्थायी निवासी कार्ड पनि भनिन्छ। ग्रीन कार्डका लागि हरेक देशमा फरक–फरक कोटा हुन्छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS