IME Life New

वर्ष २०२३ मा एसिया प्रशान्त क्षेत्रका बीमकको प्रदर्शन कस्तो रह्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा ठूलो २० बीमा कम्पनीको बीमाशुल्क आर्जन वर्ष २०२३ झिनो बढेको छ।

ग्लोबल डाटाको तथ्यांकअनुसार एसिया प्रशान्त क्षेत्रमा ती बीमा कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढेको हो। आर्थिक चुनौती र महँगी तथा आईएफआरएस १७ कार्यान्वयनजसता कारणले भएका नियामकीय प्रावधानमा परिमार्जनले ती बीमा कम्पनीको बीमाशुल्क आर्जन र आम्दानी थोरै बढेको ग्लोबल डाटाले जनाएको छ।

Esewa
Crest

वर्ष २०२३ मा ती बीमा कम्पनीहरुको कुल आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले मात्रै बढेको छ।

ग्लोबल डाटाका कम्पनी प्रोफाइल एनालिस्ट मुर्थे ग्रान्धीले आईएफआरएस १७ लागू भएपछि कम्पनीहरुलाई वित्तीय विवरण तयार गर्न र पुँजी पर्याप्तताजस्ता मापदण्डले दबाब परेको छ। यद्यपि, यसले बीमकको कार्य पारदर्शिता र जोखिम व्यवस्थामा सुधार ल्याएको उनको भनाइ छ।

तथ्यांकअनुसार एआईए ग्रुप, क्यूबीई इन्स्योरेन्स र एमए एन्ड एडी इन्स्योरेन्सजस्ता १२ ठूला बीमा कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा वर्ष २०२३ मा बढेको छ। यीमध्ये एआईए ग्रुपको बीमाशुल्क आर्जन ७.६ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ भने क्यूबीई इन्स्योरेन्सको १०.२ प्रतिशतले आम्दानी बढेको छ।

आर्थिक अनिश्चितता र नियामकीय व्यवस्थामा भएका परिमार्जनजस्ता कारणले एसिया प्रशान्त क्षेत्रका बीमा कम्पनीहरु प्रदर्शनमा संकुचन आएको हो। अर्कोतर्फ साइबर हमला र विद्युती गाडीको प्रयोगले पनि बीमकमा दबाब सिर्जना गरेको छ।

अबका वर्षहरुमा पनि नियामकीय प्रावधानकै कारण जोखिम व्यवस्थापनमा सहज हुँदै बीमकहरुको प्रदर्शन सकारात्मक बन्दै जाने ग्रान्धीको अनुमान छ। ‘विभिन्न चुनौतीका बाबजुद पनि एसिया प्रशान्त क्षेत्रको बीमा बजारमा सकारात्मक वृद्धि हुने अपेक्षा गरेका छौँ’, उनले भने। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS