IME Life New

वर्षौंसम्म जहाज उडाएका पाइलटको सर्टिफिकेट नै नक्कली, जागिर छोडेपछि भयो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको सरकारी एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को हालत नाजुक हुँदै गएको खबर बारम्बार आउने गरेको छ। अहिले दुई पाकिस्तानी पाइलटले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर धेरै वर्षसम्म पीआईएको जहाज उडाएको खुलासा भएको हो। तर, यसबारेमा कसैलाई थाहै थिएन।

वर्षौंसम्म जहाज उडाएका ती दुवै पाइलटले पछि आफ्नै इच्छाले काम छोडे। जागिर छाडेपछि भएको अडिटबाट दुवै पाइलटको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको हो।

Esewa
Crest

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले मंगलबार यस फर्जी प्रकरणबारे जानकारी दिँदै ती दुवै पाइलटलाई जरिवाना लगाइएको जनाएको छ। कासन एजाज दोधी नामका पाइलट सन् १९९५ मा पीआईएमा भर्ना भए र मोहसिन अली नामका पाइलटले सन् २००६ मा एयरलाइन्समा काम सुरु गरे। नक्कली डिग्रीका आधारमा ठूलो संख्यामा पीआईए कर्मचारी नियुक्त गरेको अडिटले खुलासा भएपछि २०२२ सालमा दुवैविरुद्ध मुद्दा दर्ता भएको थियो।

अनुसन्धानका क्रममा एफआईएले दुवै पाइलटको डिग्री नक्कली भएको पत्ता लगाएको थियो। दोधीले २०१९ मा पीआईए र २०१४ मा अलीले छोडे। नक्कली डिग्रीका आधारमा पीआईएमा जागिर लिएको अभियोगमा दुई पाइलटबाहेक पीआईएकी एयर होस्टेस नाजिया नाहिद र डाटा अपरेटर आरिफ तरारविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

एक पाकिस्तानी अधिकारीले भने, ‘चारैजनाले सोमबार एफआईएको विशेष अदालतमा पीआईएमा जागिर वा बढुवाका लागि नक्कली डिग्री देखाएको स्वीकार गरेका छन्।’

अभियुक्तहरुले पनि बयानमा आफ्नो अपराध स्वीकार गरेका छन्। अदालतले सबै अभियुक्तलाई अदालती कारबाही नहुँदासम्म हिरासतमा राखेर विभिन्न जरिवाना तोकेको छ।

सन् २०२० मा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) सरकारका तत्कालीन उड्डययनमन्त्री गुलाम सरवर खानले पाकिस्तानी पाइलटहरुसँग ‘संदिग्ध इजाजतपत्र’ रहेको खुलासा गरेका थिए। उनको खुलासाले पाकिस्तानलाई निकै लज्जित बनाएको थियो।

उनले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले पाइलट र इन्जिनियरहरुसहित ६५८ कर्मचारीलाई नक्कली शैक्षिक प्रमाणपत्र र सन् २००८ र २०१८ बीचमा शंकास्पद लाइसेन्सका साथ भर्ती गरेको आरोप लगाए। मन्त्रीको भनाइले अन्तर्राष्ट्रिय उड्डययन एजेन्सीलाई सचेत गरायो र धेरै विदेशी एयरलाइन्सले पाकिस्तानी मूलका पाइलटहरुलाई उडान गर्नबाट रोके।

युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) र बेलायतका अधिकारीहरुले पनि पीआईएलाई युरोप उडान गर्न प्रतिबन्ध लगाएका छन्। जसका कारण पाकिस्तानले अन्तर्राष्ट्रियस्तरमा ठूलो लज्जाको सामना गर्नुपरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS