IME Life New

लेबनानमा डरको माहौलः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र पेजर सेटमा विस्फोट भएपछि एयरलाइन्सले यो कदम चालेको हो।

विस्फोटका घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। जसमध्ये करिब ४५० जना गम्भीर घाइते भएको बताइएको छ।

Esewa
Crest

कतार एयरवेजले एउटा पोस्टमा ती उपकरणमा रोक लगाएको जनाएको छ। यो प्रतिबन्ध अर्को सूचना नभएसम्म कायम रहनेछ।

सेप्टेम्बर १६ मा ३ हजारभन्दा बढी पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियो लेबनानमा अचानक विस्फोट हुन थाले। यस घटनामा धेरै हिजबुल्लाह लडाकु मारिए र धेरै घाइते भए। बेरुतका लागि इरानका राजदूत पनि घाइते भएका छन्। लेबनानी अधिकारीहरुले सञ्चारका लागि प्रयोग हुने यी इलेक्ट्रोनिक ग्याजेटमा विष्फोटको पछाडि इजरायली षड्यन्त्र रहेको आरोप लगाएका छन्।

लेबनानले इजरायलले अन्य देशबाट आयात गरिएका यी उपकरणमा छेडछाड गरेको जनाएको छ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार प्रत्येक पेजरमा ब्याट्रीको छेउमा १ देखि २ औँस विस्फोटक राखिएको थियो। प्रतिवेदनमा यी इलेक्ट्रोनिक उपकरणहरुमा स्विच पनि जडान गरिएको थियो। जुन टाढाबाट नियन्त्रण भइरहेको थियो। यो स्विच सक्रिय हुँदा पेजर विस्फोट भयो।

ताइवानको कम्पनी गोल्ड अपोलोले आफ्नो उत्पादनको क्रममा पेजरहरुसँग छेडछाड गरेको आरोप लागेको थियो। तर, गोल्ड अपोलोले उक्त आरोपको खण्डन गर्दै विस्फोट गराउने उपकरण हंगेरीको राजधानी बुडापेस्टस्थित एउटा फर्मले बनाएको बताएको छ।

हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहले पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियो विस्फोटलाई नरसंहारको संज्ञा दिए र यसलाई युद्धको सुरुआत भएको बताएका छन्। उनले लेबनानमा पेजर र वाकीटकी विस्फोटले गाजामा आफ्नो पक्षबाट जारी सहायतालाई असर नगर्ने दाबी गरेका छन्।

यसैबीच इजरायली रक्षामन्त्री योभ गालान्टले पनि युद्धको ‘नयाँ चरण’ सुरु भएको घोषणा गरेका छन्। यी विस्फोटपछि लेबनानका मानिसहरु मोबाइल फोन, पेजर र अन्य सञ्चार उपकरण छुन डराइरहेका छन्। हिजबुल्लाहले आफ्ना लडाकुलाई फोन, पेजर, वाकीटकी र ह्यान्डहेल्ड रेडियोको ब्याट्री निकालेर फ्याँक्न निर्देशन दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS