IME Life New

लुम्बिनी विकास बैंकको साधारण सभा पुस २६ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीले केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएकमो छ । उक्त सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बैंकले बताएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाको अन्य प्रस्तावमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS