IME Life New

लिटरमै ४ रूपैयाँ महँगाे भयाे पेट्राेल, खाना पकाउने ग्याँस पनि २३५ रूपैयाँ महँगाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल आयल निगमले फेरी पेट्राेलियम इन्धनकाे मूल्य वृद्धि गरेकाे छ। निगमले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै पेट्राेलकाे प्रतिलिटर मूल्य रु. १७८ बाट रू. १८२ पुर्‍याई दिएकाे छ।

यसैगरी डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर रु‍ १६७ बाट ३ रुपैयाँ थपेर रु‍ १७० कायम गरेकाे छ। नयाँ मूल्य शुक्रबार बिहान १ बजेदेखि अर्थात् बिहीबार मध्यरातपछि लागू हुनेछ। यसैगरी खाना पकाउने ग्याँसकाे भाउ पनि ह्वात्तै बढेकाे छ। प्रति सिलिण्डर रु १ हजार ६६० रहेकाेमा बढाएर रु १ हजार ८९५ कायम गरिएकाे छ।

Esewa
Crest

निगमले भारतबाट मूल्य वृद्धि भएर आएकाेले स्वचालित मूल्य प्रणाली अन्तर्गत इन्धनकाे भाउ बढाउनु परेकाे जिकीर गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

18%
sad

दु :खी

9%
amazed

अचम्मित

9%
excited

उत्साहित

64%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS