IME Life New

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाई कार्यशाला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाई कार्यशाला मलेशियामा सम्पन्न भएको छ।
लिङ्कन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाई कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन्।

नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन्। कार्यक्रम ३१ मे देखि १ जुन २०२२ सम्म संचालन भएको थियो।

Esewa
Crest

आयोजित कार्यक्रमममा शिक्षण सिकाई सम्बन्धी, शिक्षण सिकाइमा आधुनिक प्रयोग, नतिजा मुखी शिक्षण विधि (Outcome Based Education, OBE) तथा ब्लूम ट्यक्सोनोमी (Bloom Taxonomy लगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो जुन विधि लाई संसारमै उत्कृष्ठ शिक्षण सिकाइको विधिको रूपमा लिइन्छ।

उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका अध्यक्ष प्रोफेसर डाक्टर अमिया भौमिकले गरेका थिए साथै विश्वविद्यालयका प्रो. कुलपति प्रोफेसर दातुक डा. हजाह विवि फ्लरिना अब्दुल्लाह, प्रो. दतिन डा. हफिजा चे हसन , प्रो. डा. अविजित घोष, ए. प्रो. डा. लुबाना, ए. प्रो. डा. मिदुन, डा. राजा गोपाल लगायतका विशिष्ट व्यक्तिहरूको प्रशिक्षणमा कार्यशाला सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा विश्वविद्यालयका अध्यक्ष द्वारा उक्त कार्यशालाका बिषयवस्तुमा नेपालमा पनि नयाँ खालका कार्यशाला सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए।

लिङ्कन युनिभर्सिटी कलेज सन् २००२ मा सञ्चालन भई सन् २०११ मा विश्वविद्यालयमा अपग्रेडाब भएको थियो। विश्वविद्यालय मलेसियन क्वालिफिकेशन एजेन्सी  र मिनिस्ट्री अफ हायर एजुकेशन बाट सर्वोत्कृष्ठ प्राइभेट विश्वविद्यालयको दर्जा प्रदान गरिएको छ। आई एस ओ ९००१:२०१५ बाट सर्टिफाइड यस विश्वविद्यलय फाइभ स्टार रेटिङ्ग तथा अन्तराष्ट्रिय विश्वविद्यालयलाई श्रेणी प्रदान गर्ने टाइम्स् हायर एजुकेशन युनिभर्सिटी इम्पयाक्ट र्यानकिङ अन्तर्गत मलेसिया मा शीर्ष ३ र विश्वभरका विश्वविद्यालयबीच शीर्ष २०१-३०१ को श्रेणीमा रहेको छ।

लिङ्कन विश्वविद्यालय सम्बन्धन र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति तथा त्रिभुवन विश्विद्यालयको समकक्षता प्रदान भई नेपालमा ११ वटा कलेज हरु सञ्चालनमा छन् ।

उद्यमशीलता, व्यव्साय तथा व्यवस्थापन, होटेल व्यवस्थापन तथा पर्यटन, सूचना प्रविधि तथा कम्प्युटर विज्ञान विषयमा कलेजहरुले उच्च शिक्षा प्रदान गरिरहेका छन् । गत चैतमा यसै विश्वविद्यालयको दीक्षान्त समारोह गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा सम्पन्न भएको थियो । उक्त समारोहमा ११ ओटा कलेजका २५०० बढी विद्यार्थीहरू स्नाताक र स्नाकोतर तहमा दिक्षित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS