IME Life New

लालसागर संकटः टेस्लाले रोक्यो कार उत्पादन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले कार उत्पादन रोक्ने निर्णय गरेको छ।

लालसागरमा व्यापारिक जहाजमाथि हुथी विद्रोही समूहले आक्रमण सुरु गरेपछि धेरै कम्पनीले ट्रान्सपोर्ट रुप परिवर्तन गरिरहेका छन् भने उनीहरुको उत्पादनमा असर परिरहेको छ।

Esewa
Crest

यसैबीच टेस्लाले लालसागरमा देखिएको गतिरोधले पार्टपुर्ज आपूर्तिमा समस्या आएपछि बर्लिनस्थित प्लान्टमा कार उत्पादन रोक्ने निर्णय लिएको छ। यो निर्णय दुई सातासम्म लागू हुने टेस्लाले जनाएको छ।

लालसागर व्यापाकिर जहाजको आवागमनका लागि निकै महत्वपूर्ण मानिन्छ। यो रुटमा हुथी विद्रोही समूहबाट भएको आक्रमणले सामानहरुको भाउ बढ्ने विश्लेषकहरुले बताउन थालेका छन्। विश्वभर महँगीलाई लिएर चिन्ता व्यक्त भइरहेकै बेला यो संकटले महँगी बढ्न थप ऊर्जा पुग्ने उनीहरुको भनाइ छ।

विश्वभर समुद्री रुटबाट कन्टेनर ल्याउने र लाने जहाजहरुमध्ये लगभग एक चौथाइले बाध्य भएर लालसागर र स्वेज नहरको रुट छाडेर अफ्रिकाको लामो रुट लिन बाध्य भएका छन्। यसले सामान ल्याउन र लान ढिलाइमात्र नभएर मूल्य पनि बढ्ने सम्भावना रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS