IME Life New

लालसागर बन्यो युद्ध क्षेत्र, ‘अमेरिकी हस्तक्षेपले मालवाहक जहाजको सुरक्षामा बढ्यो खतरा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरान समर्थित लेबनानी समूह हिजबुल्लाहले लालसागरमा अमेरिकी हस्तक्षेपले सबै मालवाहक जहाजहरुको सुरक्षालाई हानी पुर्याउने चेतावनी दिएका छन्। किनकि अहिले लालसागर युद्ध क्षेत्र बनेको छ।

यमनका हुथी विद्रोहीहरुले अमेरिकी र बेलायती प्रतिकारका बाबजुद पनि आक्रमण जारी राखेका छन्। उनीहरुले लालसागर अहिले युद्ध, क्षेप्यास्त्र, ड्रोन र युद्धपोतको थिएटर बनेको र यसको सुरक्षामा खलल पुगेको बताएका छन्।

Esewa
Crest

हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले हुथीहरुले इजरायल वा यसका बन्दरगाहहरुमा जाने जहाजहरुलाई निशाना बनाउन जारी राख्ने बताएका छन्। उनले भने, ‘योभन्दा खतरनाक कुरा के हो भने अमेरिकीहरुले लालसागरमा जे गरे, त्यसले सबै समुद्री जहाजहरुको सुरक्षालाई हानी पुर्याउँछ। यस युद्धसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनमा नजाने जहाजहरु वा इजरायली नभएका जहाजहरु पनि खतरामा पर्नेछ।’

लालसागरमा जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकी र बेलायती सेनाले शुक्रबार हुथी विद्रोहीविरुद्ध दर्जनौँ हवाई हमला गरेका थिए। यसबारे हिजबुल्लाह प्रमुखले इजरायली घेराबन्दी र गाजामा हमलामा रहेका प्यालेस्टिनीहरुलाई समर्थन गर्न यो कारबाही गरेको बताएका छन्। त्यसपछि अमेरिकाले शुक्रबार–शनिबार राति अर्को हमला गरेको थियो।

लालसागरमा बढ्दो संकटले द्वन्द्व थप चर्किने डर बढेको छ। जुन प्यालेस्टिनी समूह हमास र इजरायलबीचको युद्ध सुरु भएदेखि नै मध्यपूर्वमा फैलिएको छ। त्यसबेलादेखि हिज्बुल्लाह, हुथीहरु र इराकमा इरान समर्थित मिलिसियाहरु सबै मैदानमा प्रवेश गरेका छन्। हिजबुल्लाहले लेबनानी–इजरायली सीमामा इजरायली स्थानहरुमा गोली हान्दै र इराकी मिलिसियाहरुले इराक र सिरियामा अमेरिकी सेनाहरुमा गोली हानेका छन्।

नसरल्लाहले लेबनानमा पठाइएका दूतहरुले आक्रमण नरोकिए इजरायलले लेबनानमाथि युद्ध सुरु गर्ने चेतावनी दिएको बताए। नसरल्लाहले लेबनानी मोर्चाको उद्देश्य ‘गाजाविरुद्धको आक्रामकता रोक्न’ रहेको स्पष्ट पारे। उनले भने, ‘अमेरिकाले लालसागरको सुरक्षा र लेबनानको मोर्चामा शान्ति, इराकको अवस्था र विकास एउटै कुरासँग जोडिएको छ, गाजाविरुद्ध इजरायली आक्रमण रोक्न।’

इजरायली तथ्यांकका अनुसार गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरुले इजरायलमा आक्रमण गर्दा इजरायल र हमासबीच युद्ध सुरु भएको थियो। जसमा १ हजार २०० इजरायली मानिसहरु मारिएका थिए र २४० भन्दा बढी मानिस अपहरण भएका थिए।

हमासद्वारा सञ्चालित गाजाका स्वास्थ्य अधिकारीहरुको तथ्यांकअनुसार इजरायली आक्रमणको क्रममा गाजापट्टीमा करिब २४ हजार प्यालेस्टाइनी मारिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS