IME Life New

लाभांश पारित गर्न विजय लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २४ गते शनिवार साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा गैडाकोट स्थित गैडाकोट रिसोर्टमा सभा आह्वान गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० दशमलव ०३१ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५४ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभाले उक्त पञ्स्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आर्थिक वर्ष ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (साविकका आर एण्ड एसोसियट्सका सिए रविन्द्र श्रेष्ठले लगातार तिन आर्थिक वर्षको लेखापरीक्षण कार्य सम्पन्न गर्नु भएकाले पुनः नियुक्त गर्न नसकिने, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ को निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यसैगरी सभामा नियमावलीको नियम ३२ (१) को (क), (ख), र (ग) को अ, आ, इ, ई संसोधन गर्ने साथै (घ) थप गर्ने, यस वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक भए उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने समझादारी पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, नीजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति गर्ने वा एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायहरुबाट अन्तिम स्वीकृत लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधनरथप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS