IME Life New

लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्जुश्री फाइनान्सले पुस २९ गते बिहिबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा आफ्नै केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात एवं आ।व। २०७७/७८ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितीको सिफारिसमा आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वहालवाला लेखापरिक्षक श्री पि. एल. आर. जि. एशोसिएट्स चार्टड एकाउण्टेन्टस् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने, वित्तिय संस्थाको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम हुने गरी यस वित्तीय संस्थाको प्रबन्धपत्रको सम्बन्धित दफा तथा नेपाल राष्ट्र बैंकको स्वीकृती लिई अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता तथा सुविधा समयानुकुल हुने गरी थप गर्न यस वित्तीय संस्थाको नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने र उपरोक्त बमोजिमको संशोधनलाई अभिलेख गर्ने क्रममा नियमनकारी निकायहरुबाट प्राप्त हुन आउने निर्देशन वा सुझाव बमोजिम परिवर्तन, परिमार्जन वा थपघट लगायत आवश्यक संशोधन गर्नुपर्ने भएमा त्यस्तो परिवर्तन, परिमार्जन वा थपघट लगायत आवश्यक संशोधन गरि नियमनकारी निकायहरुमा अभिलेख अद्यावधिक गर्ने गराउने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा यस वित्तीय संस्था र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने गर्ने वा प्राप्ती गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, लगायतका प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS