IME Life New

लाइफ फण्डकाे पैसा उच्च जाेखिममा लगानी गर्दा बंगलादेशी जीवन बीमक संकटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशी जीवन बीमा कम्पनी प्रोग्रेसिभ लाइफ इन्स्योरेन्सकाे जीवन बीमा काेषकाे दुरूपयाेग बढेपछि याे कम्पनीकाे वित्तीय अवस्था खस्किंदै गएकाे छ। कम्पनीकाे सञ्चालकले बीमा काेषकाे रकम व्यक्तिगत स्वार्थ जाेडिने गरी लगानी गरेपछि घाटा बढेसँगै बीमा काेषकाे आकार पनि खुम्चिएकाे छ।

कम्पनीले प्रकाशन गरेकाे तथ्या‌ंक अनुसार १२९ करोड ५९ लाख बंगलादेशी टाका बराबरकाे बीमा कोष रहेकोमा बीमितलाई भुक्तानी गर्नुपर्ने दायीत्ववापतकाे रकम ११५ करोड ३८ लाख टाका रहेकाे छ। इन्स्याेरेन्स न्यूज ब‌ंगलादेशका अनुसार बीमितलाई दिनुपर्ने भुक्तानीकाे दायीत्व दिनदिनै बढ्दै गएकाे छ। अर्कोतर्फ लगानीमा घाटाका कारण बीमा कोषकाे आकार घट्दै गएको छ ।

Esewa
Crest

बीमाशुल्क आम्दानी, लगानीवापतकाे प्रतिफलमा कमीका कारण बीमा कोषमा नयाँ पैसा थपिएको छैन । यही कारणले बीमकले बीमितलाई भुक्तानी गर्ने क्षमता निरन्तर गुमाउँदै आएको छ।

तथ्यांकअनुसार २०२३ डिसेम्बर ३१ गतेसम्म प्रोग्रेसिभ लाइफ इन्स्योरेन्सका ३३,२९७ बीमितकाे बीमा दाबी बाँकी रहेको छ । यी बीमितलाई भुक्तानी गर्न बाँकी रहेको बीमा दाबी रकम ११५ करोड ३८ लाख टाका छ । कम्पनीले ५८० मृत्यु दाबीवापत १ करोड ९३ लाख टाका भुक्तानी गर्न बाँकी छ ।बीमा अवधि पुरा भएका बीमालेखकाे संख्या ३१,३३१ वापत ११ करोड ७८ लाख  टाका भुक्तानीकाे दायीत्व छ । यसबाहेक समर्पण, एसबी र अन्य २ हजार ८६ बीमा दाबीको बाँकी २ करोड ६७ लाख टाका रहेको  इन्स्याेरेन्स न्यूज ब‌ंगलादेशले रिपाेर्ट गरेकाे छ ।

२०२३ को पहिलो त्रैमासिकको तथ्यांकअनुसार प्रोग्रेसिभ लाइफको बीमा कोष १७ करोड ११ लाख टाकाले घटेको छ । तर, याे अवधिमा कम्पनीले रु ११ करोड ३० लाखको बीमा दाबी भुक्तानी गरेको छ। बीमा काेषबाट दाबी भुक्तानी गर्ने मात्र नभएर काेषकाे रकम झिक्दै जथाभावी खर्च समेत गरेकाे छ।

पूँजी बजार नियामक निकाय बीएसईसीले वार्षिक साधारण सभा गर्न नसकेर र सन् २०२० देखि लगातार दुई वर्षसम्म लगानीकर्तालाई लाभांश घोषणा नगरेको भन्दै प्रोग्रेसिभ लाइफलाई ‘क’ श्रेणीबाट ‘जेड’ वर्गमा सारेको छ । यस बाहेक बीएसईसीको अनुसन्धानमा प्रोग्रेसिभ लाइफका कैयौं अनियमितताको सूचना आएपछि आयोगले कम्पनीको बोर्ड पुनर्गठन गर्ने निर्णय गरेको हो । कम्पनीलाई ‘क’ श्रेणीबाट ‘जेड’ वर्गमा स्थानान्तरण भएको ४५ दिनभित्र नयाँ बोर्ड गठन गर्न निर्देशन दिइएको छ ।

नेपालमा पनि बीमा प्राधिकरणले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र भन्दै जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका लागी बीमा कम्पनीलाई स्वतन्त्रता प्रदान गरेकाे छ। प्राधिकरणले नीतिगतरुपमा स्वतन्त्रता प्रदान गर्दा सञ्चालक र उच्च व्यवस्थापनले बीमा काेषकाे रकम आफ्नाे स्वार्थ अनुकूल उच्च जाेखिमयुक्त परियाेजनामा लगानी गर्ने प्रवृत्ती क्रमशः बढ्दै गएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS