IME Life New

लस एन्जलसमा फेरि फैलियो डढेलो, हजारौँ मानिस सुरक्षित ठाउँमा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकाको लस एन्जलसको जंगलमा फेरि डढेलो फैलिन थालेको छ। डढेलो फैलिन थालेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले डढेलो भएको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ।

कास्टिक तालनजिकैको पहाडी क्षेत्रमा डढेलो सल्केको हो। त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कुल छन्।

Esewa
Crest

ढेलोले ८ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। तीव्र हावा र सुक्खा झाडीले डढेलो बढाउन इन्धनका रुपमा काम गरिरहेका छन्।

फेरि सल्किएको डढेलोबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा क्षेत्र छाड्न बाध्य भएका छन्।

यसअघि अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो निभाउन दमकल अझै खटिरहेका छन्। डढेलो लागेको एक साताभन्दा बढी भइसकेको छ। यसबाट धेरै मानिसका आलिसान भवन ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गइसकेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS