IME Life New

लस एन्जलसको डढेलो अमेरिकी बीमकलाई इतिहासकै महँगो साबित हुने डर, ८ अर्ब डलरको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागिरहेको भीषण डढेलोले बीमा कम्पनीहरुलाई चिन्तित बनाएको छ। यो डढेलो अमेरिकी बीमकका लागि इतिहासकै सबैभन्दा महँगो साबित हुने डर हुने देखिएको छ।

डढेलो बीमा गरिएको ठूलो सम्पत्तिको क्षति भएकोले बीमा कम्पनीहरुमा त्रासमा परेका छन्। प्रारम्भिक अनुमानमा डढेलोले करिब ८ अर्ब डलरबराबरको बीमा गरिएका सम्पत्ति क्षतिग्रस्त भएका छन्। यही कारणले बीमा कम्पनीहरुमा ठूलो धनराशिको दाबी पर्ने देखिन्छ।

Esewa
Crest

अमेरिकाको लस एन्जलसका केही भागमा जंगलमा लागेको डढेलो लगातार फैलिरहेको छ। हिलेसम्म त्यहाँ कम्तीमा ७ जनाको मृत्यु भएको छ भने सयौँ भवन जलेका छन्।

डढेलो प्रभावित क्षेत्रबाट करिब २ लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ। दमकलको प्रयासका बाबजुद पनि आगो नियन्त्रणमा आउन सकेको छैन। मौसमी अवस्था र जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा यस्ता डढेलोका घटना अझै बढ्ने अनुमान गरिएको छ।

अमेरिकाको लस एन्जलस काउन्टीमा बसोबास गर्ने करिब १ लाख ७९ हजार मानिसलाई आफ्नो घर छाड्न भनिएको छ। मानिसहरु आफूले सक्ने जति सामान बोकेर घर छाडिरहेका छन्। यसका साथै २ लाख मानिसलाई पनि चाँडै घर छाड्नुपर्ने चेतावनी दिइएको छ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले मृतकको संख्या बढ्ने अनुमान गरेका छन्। उनले भने, ‘त्यहाँ बम खसालेको जस्तो देखिन्छ।’
केही खाली ठाउँमा लुटपाट र चोरीका घटना बढेको र यस घटनामा २० जना पक्राउ परेको शेरिफ लुनाले बताए।

यसैबीच हलिउड हिल्स क्षेत्रमा फैलिएको डढेलो कम हुन थाले पनि पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन। हलिउड हिल्स क्षेत्रमा ५ हजार ३०० भन्दा बढी भवन ध्वस्त भएका छन्। यसमा प्रतिष्ठित सनसेट बुलेभार्डमा अवस्थित घर, विद्यालय र व्यावसायिक भवन समावेश छन्।

यस डढेलोको घटनामा घर गुमाएका सेलिब्रेटीहरुमा केही दिनअघि गोल्डेन ग्लोब अवार्डमा सहभागी भएका लेइटन मिस्टर र एडम ब्रोडीबाहेक पेरिस हिल्टन पनि छन्।

अमेरिकी बीमा उद्योगले यो अमेरिकी इतिहासको सबैभन्दा महँगो डढेलो साबित हुने डर छ। किनकि आगोले ढाकिएको सम्पत्तिको मूल्य धेरै उच्च छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS