IME Life New

ललितपुरको पुल्चोकमा भिषण आगलागी, एक जनाको जीवित उद्धार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहानै ललितपुरस्थित पुल्चोक नजिकैको बखुण्डोलमा भिषण आगोलागी भएको छ । आगोलागी भइरहेको स्थानबाट एक जनालाई जीवितै उद्धार गरिएको छ । उनी आंशिक रुपमा जलेका छन् ।

Esewa
Crest

ललितपुरको पुल्चोकस्थित उत्तर कोरियाली दूतावास नजिकै रहेको एक कवाडीखानामा भीषण आगलागी भएको हो । आइतबार बिहान ११ः१५ बजेदेखि लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन । साथै उक्त कवाडीखानाभित्र अरु पनि मानिसहरु रहेको हुनसक्ने आशंका गरिएको भएपनि यो समाचार तयार गर्दासम्म पुष्टि भइसयकेको छैन । घाइते अवस्थाका व्यक्ति जल्दै बाहिर निस्केका थिए ।

कवाडीखाना भएकोले बीमा गरिएको हुनसक्ने सम्भावना न्यून छ । वरपरका केही घरहरुमा समेतमा क्षति पुगेकाले सो को भने बीमा दावी पर्ने सम्भावना रहन्छ ।

तस्विर सौजन्यः रातोपाटी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS