IME Life New

लघुवित्तले सुरु गरे लाभांश घोषणा गर्न , आजको मूल्यमा लाभांश खादा कति छ “डिभिडेण्ड इल्ड” ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्षको सकिए सँगै कम्पनीहरुको  गत आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गर्ने मौसम सुरु भएको छ। यसै बीच धेरै म्युचअल फण्डले प्रतिफल वितरण गरिसकेको अवस्थामा कम्पनीहरुले पनि लाभांश प्रस्ताव गर्न सुरु गरेको अवस्था छ। यो समाचार तयार पार्दा सम्म दुई लघुवित्तहरुले लाभांश प्रस्ताव गरेका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरेका छन्।

मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ भने डिप्रोक्सको संचालक समितिले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमवल ०५३ प्रतिशत नगद लाभांश गरी जम्मा २१ दशमवल ०५३ प्रतिशत् लाभाश प्रस्ताव गरेको छ।दुवै कम्पनी प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भए पछि लगानीकर्ताले पाउनेछन् ।

Esewa
Crest

दुवै लघुवित्तले उस्तै उस्तै लाभांश प्रस्ताव गरेकोमा उनीहरुको बजार मूल्य पनि उस्तै उस्तै छ। डिप्रोक्स लघुवित्तको बजार मूल्य १७८५ छ भने मिर्मिरे लघुवित्तको बजार मूल्य १७८२ रहेको छ। दुवै कम्पनीको आजको मूल्यलाई कम्पनीले प्रस्ताव गरेको लाभांश सँग दाँजेर हेर्दा डिप्रोक्सको डिभिडेण्ड इल्ड १ दशमवल १८ प्रतिशत र मिर्मिरेको १ दशमलव १२ प्रतिशत हुने छ ।

नियामक निकायले स्वीकृत दिए पश्चात कम्पनीले वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गर्छ। बुक क्लोज भन्दा एक दिन अघि सम्म कायम शेयरधनीले कम्पनीको साधारण सभामा भाग लिनुका साथै कम्पनीको लाभांश प्राप्त गर्ने छन्। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS