IME Life New

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु (Investment Guidlines)

१  सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दाः

  • निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।
  • धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । ।

धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार (stock exchange) मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस् ।

  २। धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दाः

Esewa
Crest
  • धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् ।
  • कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।
  • कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।
  • धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहेअनुसार रकमरप्रमाणपत्र बुझ्नरबुझाउन सजग रहनुहोस् ।
  • धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।

३ ध्यान दिनुपर्ने अन्य कुराहरुः

  • धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।
  • धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।
  • धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।
(source: NEPSE)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS