IME Life New

लगानी काेषकाे नाफा ३६ प्रतिशतले बढ्याे, बीमा काेष दायीत्व रू‍. ३ अर्बभन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं  । नागरिक लगानी काेषले गत आर्थिक वर्षमा खुद मुनाफामा ३६.७४ प्रतिशतकाे वृद्धि हासिल गरेकाे छ। गत आवकाे असार मसान्तकाे प्रतिवेदन अनुसार यसकाे मुनाफामा ९० कराेड ७८ लाख रुपैयाँ पुगेकाे छ।

काेषले अघिल्लाे आव २०७८।७९ मा ६६ कराेड ३९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे । काेषकाे बीमा काेष दायीत्व १२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५४ कराेड रुपैयाँ पुगेकाे छ। अघिल्लाे आव २०७८।७९ मा बीमा काेष दायीत्व ३ अर्ब १६ कराेड ४५ लाख रुपैयाँ मात्र रहेकाे थियाे ।

Esewa
Crest

कूल लगानी १०‍.४७ प्रतिशत र कूल आय ११.३ प्रतिशतले बढेर क्रमशः २ खर्ब २१ कराेड रुपैयाँ र आम्दानी १ खर्ब ८१ अर्ब रुपैयाँ पुगेकाे छ। ब्याज आम्दानी ४० कराेड ४९ लाख रुपैयाँ गरेकाे छ। अघिल्लाे आवमा ब्याजवापत जम्मा ३५ कराेड ९९ लाख रुपैयाँ आम्दानी गरेकाे थियाे । काेषबाट गत आवकाे असार मसान्तसम्ममका सहभागी सापटी तथा कर्जावापत कूल ५० अर्ब ५६ कराेड रुपैयाँ लगानी भइसकेकाे छ। अघिल्लाे आवमा यस्ताे रकम ४२ अर्ब ६५ कराेड रुपैयाँ रहेकाे थियाे ।

खुद नाफामा वृद्धिका बावजुद काेषकाे प्रतिशेयर आम्दानी १७.०८ मा झरेकाे छ। प्रति शेयर नेट वर्थ गत आवकाे चाैथाे त्रैमासमा १५४.८१ रूपैयाँ कायम रह्याे । दाेश्राे बजारमा शेयरकाे अन्तिम काराेबार मूल्य २ हजार ८९ रूपैयाँ कायम रहेकाे थियाे । याे रकम प्रति शेयर आम्दानीकाे तुलनामा १२२.२७ गुणाले अधिक हाे । लगानीमा प्रतिफल ९.४ प्रतिशतमा उक्लिएकाे थियाे । अघिल्लाे आवमा जम्मा ८‍.८७ प्रतिशत मात्र रहेकाे थियाे । काेषसँग कूल ५ अर्ब ३१ कराेड रूपैयाँ चुक्ता पूँजी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS