IME Life New

लगानीकर्ताले पत्याउन छाडे म्युचअल फण्डलाई (तथ्य सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

म्युचअल फण्डको वास्तविक मूल्य अर्थात प्रति ईकाई खुद मूल्य भन्दा धेरै  म्युचअल फण्डका ईकाईहरुको बजार मुल्य रहनुलाई लगानीकर्ताहरु समस्त दोश्रो बजार र आफुले होल्ड गरेका म्युचअल फण्डका ईकाईहरुको भविष्य सुनौला देखेका हुन्छन। त्यसको विपरीत प्रति ईकाई खुद मूल्य भन्दा बजार मूल्य कम भएमा  लगानीकर्ताहरुले समस्त दोश्रो बजार र आफुले होल्ड गरेका म्युचअल फण्डका ईकाईहरुको भविष्य सुनौला देखेका हुदैनन्।

नेपालको परिवेशमा हाल १३ वटा म्युचअल फण्डका ईकाईहरु कारोवार हुने गरेकोमा १३ वटा नै म्युचअल फण्डको बजार मूल्य प्रति ईकाई खुद मूल्य भन्दा कम छ।
यसले नेपालका लगानीकर्ताहरुले म्युचअल फण्डको भविष्य उज्ज्वल नदेखेको प्रस्ट हुन्छ।
बजार मूल्य र प्रति ईकाई खुद मूल्यको फरक हेर्दा सबै भन्दा ठुलो फरक एनआईबीएल प्रगति फन्डको रहेको छ। एनआईबीएल प्रगति फन्डको प्रति ईकाई खुद मूल्य र बजार मूल्यको फरक १७ प्रतिशत रहेको छ। त्यस्तै लक्ष्मी ईक्विटी फन्डको प्रति ईकाई खुद मूल्य र बजार मूल्यको फरक १५ प्रतिशत रहेको छ।

Esewa
Crest

नोट : जेष्ठ महिनाको प्रति ईकाई खुद मूल्य र असार १७  गतेको बजार मूल्य 

१३ म्युचअल फण्डको औसत प्रति ईकाई खुद मूल्य १० रुपैया ५४ पैसा
१० रुपैया प्रति ईकाई निस्काशन गरिएका १३ म्युचअल फण्डका ईकाईहरुको औसत प्रति ईकाई खुद मूल्य १० रुपैया ५४ पैसा रहेको छ। सबै भन्दा धेरै प्रति ईकाई खुद मूल्य एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड- १ को रहेको छ। फन्डको प्रति ईकाई खुद मूल्य ११ रुपैया ९२ पैसा रहेको छ।
त्यस्तै सबै भन्दा थोरै प्रति ईकाई खुद मूल्य एनआईबीएल प्रगति फन्डको रहेको छ। फन्डको प्रति ईकाई खुद मूल्य ८ रुपैया ३४ पैसा रहेको छ।

औसत बजार मूल्य ९ रुपैया १२ पैसा मात्र
प्रति  ईकाई १० रुपैया अंकित मूल्यका  १३ म्युचअल फण्डको अहिलेको औसत बजार मूल्य ९ रुपैया १२ पैसा रहेको छ। सबै भन्दा धेरै बजार मूल्य एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड- १को प्रति ईकाई १० रुपैया ७० पैसा रहेको छ।
त्यस्तै एनआईबीएल प्रगति फन्डको बजार मूल्य सबै भन्दा थोरै प्रति ईकाई ६ रुपैया ८४ पैसा रहेको छ।

बजारमा म्युचअल फण्ड प्रति लगानीकर्ताको हेर्ने नजर राम्रो देखिदैन। लाभकरमा छुट, प्राथमिक निस्काशनको निश्चित प्रतिशत आरक्षण पाउदा पाउदै पनि बजारमा राम्रो प्रतिफल दिन नसक्द दिन प्रति दिन म्युचअल फण्ड प्रतिको लगानीकर्ताको विश्वास घट्दै छ। यदी लगानीकर्ताहरुको विश्वास रहेको भए साहेद एउटा म्युचअल फण्डको भएपनि बजार मूल्य प्रति ईकाई खुद मूल्य भन्दा धेरै हुने थियो होला !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS