IME Life New

लगानीकर्तालाई मालामाल बनाउँदै एनबीआई, ३१०% लाभांश घोषणा, एजीएम पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)का लगानीकर्ताहरु मालामाल हुने भएका छन्। एनअबीआईले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि ३१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले १५ औँ वार्षिक साधारणसभा (एजीएम) आउँदो पुस ५ गते दिउँसो ४ बजे काठमाडौंको होटेल याक एन्ड यतीमा गर्ने निर्णय गरेको छ।

Esewa
Crest

वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सोही सभाले नेपाल बैंकर्स एसोसिएसनबाट अनिल शर्मा र नेपाल एसबीआई बैंकबाट राजेशकुमार पण्डालाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्ति अनुमोदन गर्नेछ।

सभाले अधिकृत पुँजी ४० करोड रुपैयाँ, जारी पुँजी ३० करोड रुपैयाँ र चुक्तापुँजी १९ करोड ७५ लाख रुपैयाँ काम गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ।

कम्पनीप्रति स्वामित्वको भावाना विकास गर्न कम्पनीमा हाल कायम शेयरधनीहरुका अतिरिक्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी पुँजीको हदसम्म प्रतिशेयर १०० रुपैयाँका दरले शेयर जारी तथा बिक्री प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS