IME Life New

लगातार ९ कारोबार दिनको सुधार पछि ५.६२ अंकले घट्यो शेयर बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लगातार ९ कारोबार दिन बढेर आज १० औ दिनको दिन ५.६२ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । गएका दिनमा यस वर्षको मौद्रिक नीति शेयर बजार मैत्री आउने अपेक्षाले लगातार बढिरहेको थियो ।

तर भोलि सार्वजनिक गरिने भनिएको मौद्रिक नीतिमा के आउछ भन्ने अन्योलताले पनि आज बजार सुधार हुने सकेन । यस वर्ष पनि गभर्नर अधिकारीले मौद्रिक नीतिमा कडाइ गर्ने चर्चा सँगै आज शेयर बजारमा सामान्य गिरावट आएको छ । बैंकिङ तरलता अभाव अझै पनि चर्किन सक्ने अनुमान गर्दै राष्ट्र बैंकले मनि सप्लाइ रोक्ने प्रयास गर्ने बुझिएको छ । त्यसैले आज कारोबार सुरु भए देखिनै शेयर बजारमा तिव्र उतारचढाव देखिएको थियो ।

Esewa
Crest

नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ अंकमा रोकिएको छ । कारोबार रकम विगतका दिनमा जस्तै आज पनि एक अर्ब ६४ करोड रुपैयाँको भएको छ । आज ४७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा सर्वाधिक धेरै सेन्ट्रल फाइनान्सको ३.१६ प्रतिशलते मात्रै बढेको छ । सार्वाधिक धेरै किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ५.३५ अंकले गुमाएका छन् । सर्वाधिक कारोबार हुने सूचमा आज पनि शिवम सिमेन्ट नै छ । कम्पनीको मात्रै १७ करोड ८० लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS