IME Life New

लगातार तेस्रोपटक ब्याजदर स्थिर राख्ने फेडको निर्णय, विश्व शेयर बजारमा चमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले एउटा निर्णयले विश्व शेयर बजारमा चमक आएको छ।

फेडले बुधबार नीतिगत दरहरु स्थिर राख्ने निर्णय गरेको हो। यसको मतलब फेडले ब्याजदरमा कुनै पनि परिवर्तन गरेन। यो लगातार तेस्रोपटक फेडले नीगित दलहरु स्थिर राखेको हो।

Esewa
Crest

फेडको यो निर्णयले अमेरिकी शेयर बजारमा सकारात्मक महौल सिर्जना गरेको छ। डाउ जोन्सदेखि एसएन्डपीमा जोडदार उछाल आएको छ। फेडको यस्ता निर्णय विश्व बजार प्रभावित हुने गरेको छ।

फेडले नीतिगत दरहरु ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म यथावत राख्ने निर्णय गरेको छ। अब आउँदो जनवरीमा नीतिगत दर ७५ आधार विन्दु अर्थात ०.७५ प्रतिशतले कम हुने अनुमान गरिएको छ।

मौद्रिक नीतिमा ऐतिहासिक कडाइ कम हुने सम्भावनाले नीतिगत दरहरुहरु स्थिर राख्ने निर्णय गरिएको फेडले जनाएको छ। अहिले अमेरिकामा महँगी तीव्रगतिमा तल आइरहेको छ।

यसअघि महँगी नियन्त्रण गर्न अमेरिकामा नीगिगत लगातार ११ पटक बढाइएको थियो। जसको प्रभावभरको शेयर बजारमा परेको थियो।
फेडको निर्णयले डाउ जोन्स इन्डस्ट्रियल एभरेजमा ४०० अंकको उछाल आएको छ। एसएन्डपी पनि २९.८५ अंकले बढेको छ। नास्डक कम्पोजिटमा पनि ८५.२९ अंकको बढोत्तरी भएको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS