IME Life New

लक्ष्मी सनराइज बैंकले विभिन्न कार्यक्रम गरी मनायो विश्व वातावरण दिवस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको Our Land, Our Future. We are #GenerationRestoration भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६,००० रूखहरू रॊपेकॊ छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।

Esewa
Crest

प्रोजेक्ट 5K सँगै लक्ष्मी सनराइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ( विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ tCO2e कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो #Green र #Responsible मूल्यहरु आत्मसाथ गर्दै “Orange Loves Green” नारालाई मूर्तरूप दिएको छ। वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट छप्ले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS