IME Life New

लक्ष्मी लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ ।

खुद नाफा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २७ दशमलव ५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

खुद व्याज आम्दानी
यस त्रैमाससम्ममा आइपुग्दा संस्थाले २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी २२ दशमलव ८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १८ करोड २२ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कर्जा तथा निक्षेप

पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सञ्चालन नाफा
दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा पनि २७ दशमलव ८८ प्रतिशतले बढेर १४ करोड २१ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड २५ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS