IME Life New

लक्ष्मी बैंकको ग्रीन बचत खाता पुनः सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरुको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहिन रहेको छ।

बैंककाअनुसार यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्नेछन।

Esewa
Crest

“एक खाता, एक रुख“ को प्रतिबद्दता अनुरुप “गो ग्रीन“ अभियानमासहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रीन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ।

बैंककाअनुसार विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि भुक्तानी गर्दा १० प्रतिशत (प्रती व्यक्ति ५० रुपैयासम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन त्तच् भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो।

मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकइङ्ग तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS