IME Life New

लकडाउनमा मेहनत गर्ने बीमा कम्पनीका कर्मचारीले थप सुविधा पाउलान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यतिबेला सिंगो देश लकडाउनमा छ । नेपालमा सञ्चालनमा रहेका ३८ वटा नेपालमा दर्ता भएका र तीन वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयका एक तिहाई कर्मचारीबाट दैनिक कार्य सञ्चालन हुँदै आएको छ । अर्थात दुई तिहाई कर्मचारी घरैमा छन् । सरकारको निर्देशन बमोजिम दुई तिहाई कर्मचारीलाई घरैमा बस्न निर्देशन दिएका बीमा कम्पनीहरुले तलव भने नियमित रुपमा खुवाइरहेका छन् ।

शाखा कार्यालय नजिक हुने कतिपय कर्मचारी आलोपालोमा कार्यालय जाने गरेपनि कैयौं कर्मचारीहरु गत चैत्र ११ गतेदेखि कार्यालयमा नफर्ने पनि छन् । तर, बीमा कम्पनीहरुले तलव भने सबैलाई एकै पटक दिँदै आएको छ ।

Esewa
Crest

विगत ७१ दिनदेखि कार्यालयमा नआएका कर्मचारीहरुलाई खुरु खुरु तलव हालिदिने तिनै बैंक, वित्त कम्पनी तथा बीमा कम्पनीका कर्मचारीहरुको मन भने खिन्न छ । ‘हामी भने अप्ठेरो अवस्थाका बीचमा पनि काम गर्नुपर्ने, कोही भने घरैमा बसेर खुरुखुरु तलव थाप्ने अवस्था छ’, एक बीमा कम्पनीमा कार्यरत कर्मचारीले इन्स्योरेन्स खवरसँग गुनासो गरिन् । दैनिक काममा खटिने कर्मचारीहरुलाई सधैंजसो भन्दा बढि कामको भार परेको गुनासो कर्मचारीहरुको छ । ‘अप्ठेरोको अवस्थाका बीचमा काम गरेका छौं, आर्थिक रुपमा भनेका होइन, भोलिका दिनमा हाम्रो लागि विशेष व्यवस्था भईदिए राम्रो हुन्थ्यो, नाम उल्लेख नगर्ने शर्तमा फ्रन्ट लाईनमा कार्यरत एक बीमा कम्पनीका कर्मचारीले भने ।

निजि कम्पनीहरुले कार्यालय नआएका कर्मचारीहरु घरैमा बसेर व्यवसायको डिल गर्ने काम दिएको छ । बैंकका कर्मचारीहरुलाई व्यापार तथा जनसम्पर्कका लागि ताकेता गर्ने, समन्वय गर्ने, सम्पर्क जोडिदिने इत्यादिन काम गर्दै आएका छन् । लकडाउनमा घरैमा बसेर काम गर्ने र दैनिक कार्य सम्पादनको लागि फ्रन्ट लाईनमा खटिने कर्मचारीहरुमा सबैको समान तलव हुन्छ । घरमा बस्नेहरुको पनि आफ्नै गुनासो छ, ‘घरैमा बसिएको होइन, परिस्थिति प्रतिकूल भएकोले कम्पनीले घरैमा बस, सकेको काम गर भनेको हो । कम्पनीले कार्यालय आइछ भने जसरी पनि आउन तयार छौं ।’ हुन पनि घरमा बसेका कर्मचारीहरु रहरले नभई बाध्यताले बसेका हुन् । कोरोना महामारीका कारण सरकारले नै एक तिहाई भन्दा बढि कर्मचारी कार्यालयमा आउन नपाउने भएकाले कर्मचारीहरु घरैमा बस्न बाध्य भएका हुन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ रमेश कुमार भट्टराईले लकडाउनमा तीन खालका कर्मचारीको प्रवृत्ति उदाङ्ग भएको बताउँछन् । सिईओ भट्टराईका अनुसार फ्रन्टलाईनमा खटिएका कर्मचारीहरुले धेरै राम्रो र नतिजामुखी काम गरिरहेका छन् । त्यस्तै दोस्रो घरमा बस्न भनिएका कर्मचारीमा दुई खाले प्रवृत्ति देखिएको छ । पहिलो घरैमा बसेर टेलिफोनमार्फत, इमेलमार्फत सम्पर्क गरी कम्पनीले दिएको तलवप्रति जिम्मेवार भएर काम गरिरहेका छन् । अर्को एकाथरी घरमा बसेका कर्मचारीहरु पुरै साईलेन्ट छन् ।’ सिईओ भट्टराई काम गर्ने र नगर्ने कर्मचारीलाई कसरी न्यायोचित सम्बोधन गर्ने भनेर अप्ठेरो परेको बताउँछन् । उनले भने, ‘कर्मचारीहरुको कार्यक्षमता चिन्ने सही बेला यही हो, हामीले हरेक कर्मचारीको व्यक्तिगत तथ्याङ्क राख्ने मौका मिल्यो ।’ ‘केही कर्मचारी अनेक जुक्ति लगाएर कार्यालयमा आएर काम गरेका र घरमा बसेर कामै नगरेका कर्मचारीलाई समान रुपमा हेर्दा काम गर्ने कर्मचारीमाथि अन्याय हुने भयो ।’ सिईओ भट्टराईले बताए । सबै बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको सुक्ष्म निगरानी गरिरहेको र कार्यालयमा आएर मेहनत गर्ने कर्मचारीहरुलाई वित्तीय सुविधा तथा बढुवा गर्दा पनि विशेष सुविधा दिइने बताउँछन् ।

उता, नेपाल बीमक संघका सचिव चंकी क्षेत्री पनि कार्यालयमा आएर काम गर्ने र घरैमा बसेर कामै नगर्ने कर्मचारीहरुलाई एउटै चश्माले हेर्न नसकिने बताउँछन् । सगरमाथा इन्स्योरेन्सका सिईओ क्षेत्रीले लकडाउनका बीचमा फ्रन्टलाईनमा खटिने कर्मचारीहरुलाई बढि तलव दिन नसकिए पनि आगामी दिनमा नेतृत्व चयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताउँछन् । जोखिम मोलेर दैनिक काममा खटिने कर्मचारी र घरैमा बसेर जोखिमबाट पर बस्ने कर्मचारीहरुको सुक्ष्म निगरानी बीमा कम्पनीहरुले गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS