IME Life New

र्‍याडिसन हाेटल ग्रुपले एक दशकभित्र नेपालमा २५ वटा हाेटल संचालनमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । अन्तर्राष्ट्रिय हाेटल स‌ंजाल र्‍याडिसन हाेटल ग्रुपले बुटवल र विराटनगरमा सन् २०२४ देखि पाँच तारे हाेटल स‌ंचालनमा ल्याउँदैछ । विराटनगरमा पाँच तारे हाेटल र्‍याडिसन विराटनगर र भैरहवामा निर्माणाधीन हाेटल र्‍याडिसन भैरहवामा धमाधम हाेटलकाे पूर्वाधार निर्माण कार्य जारी रहेकाे छ।

संघीय राजधानी काठमाण्डाैंमा २५ वर्षदेखि संचालनमा रहेकाे तारे हाेटल र्‍याडिसनकाे व्यवस्थापन गरिरहेकाे भारतीय कम्पनी र्‍याडिसन हाेटल ग्रुपले पहिलाे पटक काठमाण्डाैं उपत्यकाबाहिर समेत हाेटल संचालन गर्न लागेकाे हाे ।

Esewa
Crest

बुद्धभूमी लुम्बिनी नजिकै १४५ काेठा सहितकाे हाेटल र्‍याडिसन भैरहवा  सन् २०२४ भित्रै संचालनमा ल्याउने घाेषणा गरिएकाे छ।  हाेटलमा चिया लाउन्ज र लाउन्ज बार, दिनभर भोजनकाे सुविधा, बहु कार्यात्मक हल, पाैडी पाेखरी, व्यायामशाला,  स्पा आदि सुविधाहरु उपलब्ध रहनेछ।

यसैगरी १०३ वटा काेठा रहेकाे निर्माणाधीन  विराटनगरकाे बहुतल्ले हाेटल र्‍याडिसन पनि सन् २०२४ काे अन्त्यसम्ममा संचालनमा आउने अपेक्षा गरिएकाे छ। पाहुनाहरूले पाैडी पाेखरी, व्यायामशाला, स्पा, विशेष रेस्टुरेन्टहरूकाे सुविधा उपभाेग गर्न पाउनेछन् ।यसबाहेक १०,००० वर्ग फुटको भोज क्षेत्र याे हाेटलकाे मुख्य आकर्षणकाेरुपमा रहनेछ।

र्‍याडिसन हाेटल ग्रुपले एक दशककाे अवधिभित्र नेपालकाे मुख्य शहरी क्षेत्रहरु समेट्ने गरी साना ठूला समेत २५ वटा हाेटल स‌ंचालनमा ल्याउने याेजना रहेकाे ग्रुपका उपाध्यक्ष जुविन सक्सेनाले घाेषणा गरेका छन् ।

सन् २०२३ काे जनवरी र फेब्रुअरी महिना समेत जम्मा दुई महिनामा र्‍याडिसन हाेटल ग्रुपले दक्षिण एशियामा १२ वा नयाँ हाेटल निर्माण सम्बन्धी सम्झाैतामा हस्ताक्षर गरिसकेकाे छ। यी हाेटलले सन् २०२६ सम्ममा याे समूहकाे हाेटल संजालमा थप १,००० वटा काेठा थप्नेछन् । याे समूहले अर्को एक दशकमा आफ्नाे ब्रान्ड अन्तर्गत १५० होटलहरूको स‌ंचालनमा ल्याउनका लागी रूपटब सल्युशनसँग सँग रणनीतिक साझेदारीमा हस्ताक्षर समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS