IME Life New

रोटरी क्लब अफ हिमालयन गल्फरको म्यागजिन विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फरले आफ्नो म्यागजिनको विशेषांक ‘द हिमालयन स्विङ’ सार्वजनिक गरेको छ । क्लबको तेस्रो पदस्थापना समारोहमा गत आइतबार उक्त विशेषांक सार्वजनिक गरिएको हो ।

विशेषांकमा रोटरी इन्टरनेसनलका प्रेसिडेन्ट स्टेफानी ए. उर्चिक (Stephanie A. Urchick),  डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र निवर्तमान प्रेसिडेन्ट प्यारजंग थापाका साथै रोटरी वर्ष २०२२–२३ का चार्टर प्रेसिडेन्ट भाइराजा पाण्डेको सन्देश समावेश गरिएको छ । विशेषांकमा रोटरी वर्ष २०२४–२५ का प्रेसिडेन्ट विजयबहादुर श्रेष्ठको सन्देश पनि छ ।

Crest

अंग्रेजी भाषामा प्रकाशित विशेषांकमा चार्टर प्रेसिडेन्ट पाण्डेले ‘फ्रम फेयरवेज टु फेलोसिप’ शीर्षकमा रोटरी क्लब अफ हिमालयन गल्फर स्थापनाको रोचक कथा प्रस्तुत गरेका छन् । त्यसैगरी डा. रिता थापाले ‘अ लाइफटाइम अन द ग्रिन’ शीर्षकमा आफ्नो समर्पण र लचिलोपनको यात्राबारे लेखेकी छिन् । यसले नेपालको महिला गल्फमा डा. थापाको योगदानमाथि प्रकाश पारेको छ । उनको गल्फ यात्रालाई लचिलोपन, जोश र कहिल्यै हार नमान्ने महिलाको प्रतिबिम्ब मानिन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफूले गल्फ रोज्नुको कारणका साथै बाल स्वास्थ्यमा थप लगानीको आवश्यकताबारे लेखेका छन् ।

आरती राज्य लक्ष्मी राणाको प्रमुख सम्पादकत्वमा प्रज्ञा कूलूङ र सह्रिष्णूता शर्माको सम्पादकीय टिमले तयार गरेको विशेषांकमा उक्त क्लबले सञ्चालन गरेको धुँवारहित चुलो परियोजनाबारे पूर्णमान शाक्यले लेखेका छन् भने नेपाली सेनाका पूर्वसेनापति समेत रहेका रोटरी क्लब अफ हिमालयन गोल्फरका निवर्तमान प्रेसिडेन्ट प्यारजंग थापाले नेपाली सेनामा महिला सशक्तीकरणबारे लेखेका छन् ।

क्लबका मेन्टर दिपक राजभण्डारीले रोटरीसम्बन्धी जानकारीमूलक सामग्री प्रस्तुत गरेका छन् । विशेषांकमा व्यवस्थापनको दर्शनशास्त्र सम्बन्धी जानकारीमूलक लेख पनि समावेश छ । उक्त लेख क्लब सेक्रेटरी दमनबहादुर घलेले लेखेका हुन् । डा. विष्णुदेव पन्तले ‘अ ब्रिफ नोट अन मेम्बरसिप रिफ्लेक्सन’ शीर्षकमा नेपालमा रोटरी क्लबको आगमन र सदस्यता विस्तारबारे लेखेका छन् । विजयबहादुर श्रेष्ठले कागेश्वरी मनोहरास्थित श्री चौलानारायण स्कुलमा शिक्षा र सरसफाइको स्तरवृद्धिमा क्लबबाट सञ्चालित परियोजनाको योगदानबारे लेखेका छन् ।
क्लबको सफलताको कथा पनि विशेषांकमा समेटिएको छ । यसमा सुमेद भट्टराईको योगदान रहेको छ । क्लबबाट सञ्चालित परियोजना र कार्यक्रमरुको विवरण पनि विशेषांकमा छ । क्लबको २०२४/२५ का सर्भिस प्रोजेक्ट सभापति प्रवेश फुयालले आफ्ना योजनाहरुबारे उल्लेख गरेका छन् ।

उक्त क्लबले रोटरी वर्ष २०२४/२५ का लागि रोटरियन विजयबहादुर श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । गत आइतबार सम्पन्न क्लबको तेस्रो पदस्थापना समारोहमा रोटरी क्लब ३२९२ नेपाल, भुटानका गर्भनर राजेन्द्रमान शेरचनले प्रेसिडेन्ट श्रेष्ठलाई रोटरी पिन प्रदान गरेका थिए ।
पदस्थापना समारोहलाई सम्बोधन गर्ने क्रममा शेरचनले रोटरी इन्टरनेसनलको म्याजिक रोटरी थिमका साथ सन् २०२४/२५ लाई भाइब्रेन्ट रोटरी वर्षको रुपमा अघि बढाउन चाहेको बताए ।

रोटरीको अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, चेतनामूलक कार्यक्रमसँगै समुदायमा देखापरेको समस्या र चुनौतीलाई सामूहिक रुपमा चिर्न आफू सफल रहने विश्वास शेरचनले व्यक्त गरे ।

रोटरी वर्ष २०२४/२५ का लागि १० सदस्यीय क्लब सञ्चालन समिति गठन भएको छ । नयाँ सञ्चालन समितिमा प्रेसिडेन्ट इलेक्टमा दमनबहादुर घले, कोषाध्यक्षमा सुमेद भट्टराई, क्लब सचिवमा आरती राज्यलक्ष्मी राणा, प्रोजेक्ट चेयरमा प्रवेश फुयाल, टिआरअफ चेयरमा सेस्टन गुरम्यान श्रेष्ठ, मेम्बरसिप चेयरमा विष्णुदेव पन्त, पब्लिक रिलेसन चियेरमा फिन्ट्सो ओङ्दी लामा, सरजेन्ट एट आर्मस आत्माराम सिम्खडा रहेका छन् ।
क्लबको निवर्तमान अध्यक्षमा प्यारजंग थापा र मेम्बर मेन्टरमा दिपक भण्डारी छन् । क्लबले आगामी वर्षको लागि बजेटसँगै आफ्ना

कार्यक्रमहरुलाई जनमानसमा लैजाने अध्यक्ष श्रेष्ठले बताए । उनले क्लबलाई मजबुत बनाउने अठोट समेत व्यक्त गरे । सन् २०२४/२५ मा क्लब सदस्य संख्या ४० पु-याउने उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS