IME Life New

रेमिटेन्सबाट साम्राज्य खडा गरेको आइएमर्इ समूह इन्स्योरेन्स क्षेत्रमा आक्रामक बन्दै,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १६, रेमिटेन्स व्यवसायबाट व्यापारिक साम्राज्य खडा गरेको आइएमर्इ समूह आइएमर्इ रेमिटेन्स हुँदै बैंक तथा वित्तिय संस्था, हस्पिटालिटी, जलविद्युत, इन्भेस्टमेन्ट कम्पनी, अक्सिजन उद्योग हुँदै यो समूह पछिल्लो पटक इन्स्योरेन्स क्षेत्रमा आक्रामक बन्दै गएको छ ।

अहिले आइएमर्इ समूह अन्तर्गत जीवन बिमाको ब्यबसाय गर्ने आइएमर्इ लाइफ इन्स्योरेन्स र निर्जीवन बिमा तर्फ़ आइएमर्इ जनरल इन्स्योरेन्स तथा नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा मुख्य लगानी रहेको छ भने, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा समेत लगानी रहेको छ । नेपाल बैंकले बिक्रि गरेको सेयर किनेर आइएमर्इ समूह नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ता बनेको हो ।

Esewa
Crest

आइएमई जनरल इन्स्योरेन्स भने समस्याग्रस्त बनेको कम्पनी एनबी इन्स्योरेन्सलाई २०७१ माघ ५ गतेदेखि आईएमई समूह लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनमा २०७२ असारदेखि पुनः संचालनमा आएको कम्पनी हो ।

नेपालमा इन्सुरेन्सको सम्भावना ठुलो हुनु र आइएमर्इ समूहको लगानी सेवा क्षेत्रमा बढी केन्द्रित हुनुले पनि आइएमर्इ समूह इन्स्योरेन्स क्षेत्रमा आक्रामक बन्दै गएको बुझिन्छ, आइएमर्इ समूह इन्स्योरेन्स क्षेत्रमा सेवा दिन कति आतुर छ भन्ने कुरा पछिल्लो चरणमा नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आइएमर्इ लाइफ इन्स्योरेन्स कारोबार थाल्ने पहिलो कम्पनी बनेको थियो  ।

नेपाली जनतामा बिमाको चेतना क्रमस बढ्दै जानु, बिमाको बिषयमा सरकारी निकायहरुको चासो बढ्दै जानु अनिबार्य घर बिमाको ब्यबस्था, बाली बिमामा अनुदानको ब्यबस्था, बाली बिमाको सुरक्षणमा ऋणको ब्यबस्था, सवारी साधनमा यात्रा गर्नेको पनि बिमाङ्क रकम बृद्धिको, तेश्रो पक्षय बिमा, बैदेशिक रोजगारीमा जानेको बीमाङ्क बृद्धि र स्वास्थ्य बिमाको ब्यबस्थाले गर्दा आगामी बर्षमा बिमा ब्यबसायको क्षेत्र अझ ठुलो हुने पक्का छ । यी सबै कुराको साथै आइएमर्इ समूहले रेमिटेन्सबाट भित्राउने पैसालाई इन्स्योरेन्स गराउन सके रेमिटेन्सबाट भित्रिने ठुलो रकम अनुत्पादक क्षेत्रमा लगानी हुनुको साटो राष्ट्रिय प्राथमिकताको क्षेत्र तथा दिर्घकालिन लगानीका क्षेत्रमा लगानी गरी मुलुकले आर्थिक बिकाशमा ठुलो फड्को मार्न सक्ने दखिन्छ ।

कुनै पनि मुलकको राष्ट्रिय बचत, दिर्घकालिन लगानीका साथै राष्ट्रिय उत्पादनमा बिमा क्षेत्रको अतुलनिय योगदान हुने हुदा कुनै पनि इन्स्योरेन्स कम्पनीको सफलता मुलुककै अर्थतन्त्रसग जोडिन जान्छ, तसर्थ आइएमर्इ समूहलाई हाम्रो पनि शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS