IME Life New

रेनोले ल्याउँदैछ नयाँ इलेक्ट्रिक कार ‘आर-५’, सिंगल चार्जमा ४०० किमीको यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेनोले जेनेभा मोटर शोमा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार रेनो आर–५ सार्वजनिक गरेको छ। यो कार रेनोको १९७२ बेस्टसेलर मोडेलहरुबाट प्रेरित छ। यो कारले इलेक्ट्रिक वाहन बिक्रीमा वृद्धि देख्न सकिने कम्पनीको विश्वास छ।

यो स्मल सेडान क्याटेगरीमा पर्नेछ र कम्पनीले सन् २०२१ मा यसका लागि घोषणा गरेको थियो। यो कम्पनीको टर्नअराउन्ड योजनाअन्तर्गत थियो।

Esewa
Crest

कम्पनीले जेनेभा मोटर शोमा आफ्नो नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको हो। कम्पनीले आर–५बाट डिजाइन लिएको र ब्रान्डको आइकोनिक सुपर ५ भर्टिकल टेललाइट्स र ब्राउन कलर पनि समावेश गरेको जनाएको छ। यो कारको ९० लाखभन्दा बढी युनिट सन् १९७२ देखि १९९८ को बीचमा बिक्री भएको थियो।

कम्पनीले यो वर्षको मध्यमा अटो बजारमा लन्च गर्नेछ। यो कार ५२ केडब्ल्यूएच ब्याट्री क्षमताको साथ आउनेछ र एकपटक चार्जमा ४०० किलोमिटरको रेन्ज दिन सक्छ। कम्पनीले यो कार बायडायरेक्सनल चार्जिङका साथ आउने भएकोले ब्याट्रीलाई ग्रिडमा फिर्ता गर्ने अप्सन रहेको कम्पनीले जनाएको छ।

यो कारले भी२एल अर्थात् गाडी चार्ज गर्नका लागि सपोर्ट प्राप्त गर्नेछ। साथै, यो कारको वजन १५०० किलोग्रामभन्दा कम हुन सक्छ। कारमा ३२६ लिटरको बुटस्पेस पाउन सकिन्छ। यसबाहेक यो कारले ५०० केजीसम्म तौल तान्न सक्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS