IME Life New

रेटिङ एजेन्सी मुडीजले भारतको सार्वभौम रेटिङ ‘बि एए थ्री’ लाई निरन्तरता दियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । रेटिङ एजेन्सी मुडीजले शुक्रबार भारतको सार्वभौम रेटिङ ‘बि एए थ्री’ लाई निरन्तरता दिएकाे छ । मुडिजले स्थिर दृष्टिकोण राख्दै उच्च आर्थिक वृद्धिले क्रमिकरुपमा आम्दानीको स्तरमा वृद्धि हुने र आर्थिक क्षेत्रमा थप टेवा पुर्याउनेछ टिप्पणी गरेकाे छ।

मूडीज इन्भेष्टर्स सर्भिसले भारत सरकारको दीर्घकालीन स्थानीय र विदेशी मुद्रामा जारी गरिने ऋण पत्रकाे मूल्या‌ंकनलाई निरन्तरता दिएकाे हाे ।मुडिजका अनुसार ‘बि एए थ्री’ प्राप्त गर्ने सार्वभाैम मुलुकले जारी गर्ने अन्तर्राष्ट्रिय ऋण पत्रहरुकाे वित्तीय दायीत्व समयमै पुरा गर्न नसक्ने जाेखिम न्यून हुन्छ। मुडीजले कम्तिमा अर्को दुई वर्षमा भारतको आर्थिक वृद्धि अन्य जी ट्वेन्टी अर्थतन्त्रहरूलाई उछिन्ने आशा गरेको छ।

Esewa
Crest

मूल्याङ्कनलाई लगानीकर्ताहरूले देशको ब्यारोमिटरको रूपमा हेर्छन् । यसले कुनै पनि मुलुककाे सरकारले लिएकाे स्थानीय वा विदेशी ऋणवापतकाे वित्तीय दायीत्व समयमै पुरा गर्न सक्छ की सक्दैन वा कुन स्तरमा सक्षम छ भन्ने संकेत गर्छ। गत ७-१० वर्षमा पूर्वानुमानित आर्थिक वृद्धि घटे पनि भारतीय अर्थतन्त्र अझै पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीब्र गतिमा वृद्धि हुने सम्भावना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS